ब्लाष्टखबर  । विराटनगरमा काेराेना संक्रमित थप २ जनाकाे मृत्यु भएकाे छ ।  मृत्यु हुनेहरूमा धनकुटा नगरपालिका ४ की ३२ वर्षीय महिला र विराटनगर महानगरपालिका ७ की  ५१ वर्षीमा महिला रहेका छन् । 

कोशी अस्पतालकाे कोभिड –१९ उपचार केन्द्रमा अाज बिहान ८ः१५ बजे मृत्यु भएकी धनकुटाकी महिलामा बिहिबार काेराेना संक्रमण पुष्टि भएकाे उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या देखिएकाे थियाे । 

त्यस्तै,  न्युरो अस्पतालमा उपचारकाे क्रममा विराटनगरकी संक्रमित महिलाकाे बिहान ८ बजे मृत्यु भएकाे अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताएका छन् । उनका अनुसार श्वासप्रश्वास सम्बन्धी समस्या रहेकी ती महिलालाई काेराेना संक्रमण पुष्टि भएपछि गत बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।