ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ वित्रान प्रतिष्ठानमा धरान र कटारीका २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

मानसिक समस्या रहेकी धरान १२ की काेराेना संक्रमित ७८ बर्षीय महिलाकाे गय राती ११ बजे मृत्यु भएकाे प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन्  ।

उनका अनुसार हिजै काेराेना संक्रमण पुष्टि भइ प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरिएकाे उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

त्यस्ताै, कार्तीक १२ गते काेराेना संक्रमण पुष्टि भइ कार्तीक १६ गते कोभिड अस्पताल भर्ना गरिएकाे उदयपुरको कटारी नगरपालिकाकी १४ बर्षीय बालकाको पनि उपचारको क्रममा आज बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार ति बालिकाका क्षराेगलगायतकाे दिर्घराेगकी बिरामी रहेकी छिन् ।