ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ जना संक्रमित थपिएका छन् । याेसंगै कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेकाे संख्या १ लाख ११ हजार ६७० पुगेकाे छ ।

हाल देश भर ४५ हजार ५७२ जना सक्रिय संक्रमित रहेका छन् । अाज थप ५ संक्रमितकाे जनाको ज्यान गएको छ । नेपालमा काेराेना संक्रमित मुत्यु हुनेहरूकाे कुल संख्या ८४७ रहेको छ ।