ब्लाष्टखबर । धरान उपमाहानगरपालिकामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १७ का ६२ वर्षीय महिला रहेका छन् । 

असाेज २० गते काेराेना संक्रमण पुष्टि भइ हाेम अाइसालेसनमा रहेकाे उनकाे स्वास्थमा समस्था भएपछि शुक्रबार प्रतिष्ठानकाे काेराेना अस्पतालमा भर्ना गरिएकाेमा शनिबार दिउसाे ३ बजे मृत्यु भएकाे प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मृतकलाई मृगौला रोगको समस्या रहेको थियो ।