बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाकाे चतरा आइसाेलेसनमा रहेको काेराेना सक्रमितकाे आज थप एक जनाकाे मृत्यु भएको छ ।
संक्रमितको आज बिहान करिब १०:३० मा निधन भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र न पा वाड नं ७  को राजकुमार माझी बर्ष ३६ को पुरुष नोबेल हस्पिटलबाट राती करिब ११ बजे तिर आइसोलेसनमा भर्ना भएका थिए ।
 
मृतक माझीलाई स्वास्थ्य समस्या साथै  निमोनिया भएको खेलेको छ । हाल आइसोलेसनमा रहेको जम्मा संक्रमितको संख्या- २७ जना रहेको चतरा आइसाेलेनका निरिक्षक अनिल पाेखरेल जानकारी दिएकाे छ ।
 
याे संगै बराहक्षेत्रमा मृत्युु हुनेकाे संख्या ४ जना पुगेको पाेखरेल बताए । काेराेना संक्रमित ११२ जना पुगेको छ ।