ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ८२ हजार ४ सय ५०  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  ३ हजार ३ सय ०७ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ। 

देशभर २१ हजार २ सय ३४ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ।