धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् ।
भापाकी २९ बर्षीय गर्भवती महिलाको अप्रेशन गरी छोरी जन्माएकी छिन् । उनको बिहीबार ११ः२० बजे अप्रेशनमार्फत डेलिभरी गरिएको डा.मनोजकुमार शाहले जानकारी दिए ।
उनलाई बीपी प्रतिष्ठानमा १४ गते भर्ना गरिएको थियो । अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।
डा. मनोजकुमार शाह, डा.अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा.जगद प्रसाद, डा.सहज पौडेल र नर्स गोमाको टिमले डेलिभरी गराएको हो ।
प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमित महिलाले बच्चा जन्माएको यो दोस्रो हो । यसअघि संक्रमित गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् ।