ब्लाष्टखबर । विराटनगरमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा असाेज ५ गते काेराेना संक्रमण पुष्टि भएकी विरानगर महानगरपालिका १४ की ७२ वर्षीय बृद्धा महिला रहेकी छिन् ।

उनकाे कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएकी ति बृद्धा महिलामा स्वासप्रश्वास र मिर्गौलाको समस्या रहेकाे उपचार केन्द्रका प्रमुख डाक्टर दिपक सिग्देल बताएका छन् ।