ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ५६ हजार ७ सय ८८  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६२ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेको छ। 

देशभर १५ हजार ७ सय ७९ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३७१ पुगेको छ।