धरान / धरानस्थित बपिी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाउपचार गराईरहेका सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराह नगरपालिका २ का ५५ बर्षीय एक पुरुष हुन् । उनको आज साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पतालमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।
उनी  अस्पताल आउनु अघि ३ दिनदेखि निरन्तर खोकी, श्वास फेर्न समस्या र ज्वरो आएकाे थियाे । 

ती विमारीलाई गत भदौ ६ गते मेडिसिन वार्डमा भर्ना गरिएको थियो । भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा सारिएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको र २ दिनदेखि आइसियुमा राखेर उपचार भइरहेको थियो । उच्च रक्तचापका विमारी भएका कारण उनलाई समस्या भएको थियो ।