काठमाडौं । सरकारले मेडिकल कलेजहरु तथा नीजि अस्पतालहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड(१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयक ाप्रवक्ता प्राडा जोगेश्वर गौतमले नीजि अस्पतालले कम्तिमा एक तिहाई बेड कोभिडका विमारीको लागि व्यवस्थापन गर्नु पर्ने जनाएका छन् ।

कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो । काेरानाका विमारीहरुकाे उपचारका लागि बेड अभावहुन थाले पछि सरकारले यस्ताे निर्देशन जारी गरेकाे हाे ।