ब्लाष्टखबर ।  भारतकाे बेगलुर स्थित पुलकेशमा मंगलबार राति करिब हजार जनाको भीडले कग्रेस विधायकको घरमा हमला गर्नुका साथै एक प्रहरी चाैकीमा ताेडफाेड गर्दा ३ जनाकाे मृत्यु भएकाे छ भने ६० जना घाइते भएकाे  त्यहाँ राष्ट्रिय समचार एजेन्सीले जनाएकाे छ । 

विधायका भतिजाले गरेकाे एक फेसबुक पाेष्टलाई लिएर भएकाे आक्रमणकारीले विधायकको घरमा हमला गर्दा थुप्राे भैतिक क्षती भएकाे बताइएकाे छ । भिडलाई नियन्त्रण गर्न खेज्दाँ प्रहरी माथी समेत अक्रमण भएकाे र प्रहरी चाैकी तथा सबारी साधनमा गाजनी समेत गरेकाे हुदाँ प्रहरीका करीब १० वटा सवारी साधन जलेर नष्ट भएकाे समाचारमा उल्लेख गरीएकाे ।

उक्त फेसबुकमा साम्प्रदायिक र अपमानजनक पोस्ट भएपछि भिडले विधायककाे भतिजालाई पक्राउ गर्न भन्दै आक्रमण गरेकाे समभारमा उल्लेख गरेका भएपनि पाेष्टमा के थियाे  भन्ने उल्लेख गरेकाे छैन ।

प्रहरीले सय भन्दा बढि आक्रमणकालाई नियन्त्रणमा लिएकाे बताइएकाे छ ।