ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ ।

त्यस्तै संक्रमणबाट मुक्त हुनेकाे संख्या १५ हजार २६ रहकाे छ, भने सक्रिय संक्रमितकाे संख्या ५ हजार ९ सय २५ रहेकाे छ ।

 पछिल्लो २४ घण्टायता थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मोरङकाे विराटनगर-५ का ७७ वर्षीय वृद्धकाे काेराेनाबाछ ज्यान गएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ५८ पुगेको छ ।