धरान । लक डाउन सुरु भए सगै अस्पतालहरुले कोरानासग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेकाे हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ ।

कोराना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो ।

फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले बताए ।

उपचार सगै विभिन्न संघ संस्थाकोहरुको समन्वयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग समेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिए । लकडाउन केही खूकुलो हुदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जालवाट भने सेवा दिइरहने बताए ।

“फेसबुकबाट भने हाम्रो सेवा निरन्तर रहने छ ” उनले भने – हाम्रो फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने छ । ” अस्पतालहरुले ओपिडि सेवा सूरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागी हेल्प लाईन सेवा स्थगित गरेको र सामाजिक सञ्जालको माध्यममाबाट भने उपचार सेवा कायम राखेको फाउण्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धनकेशर खड्काले बताए ।

चिकित्सक र सर्वसाधारण विचको दुरी कम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्येश्यले स्थापित फाउण्डेसनले स्वास्थ्य शिविरमा निशुल्क औषधी सहित विशेषज्ञ सेवा दिदै आएको छ ।

क्याप्सन ः वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित हातेमालो फाउन्डेसनको समन्वयमा हङकङ नेपाल समन्वय समाजले प्रतिष्ठानलाई कोरोना परिक्षणमा प्रयोग हुने ख्त्ः ध्ष्तज क्धबद क्तष्अप प्रतिष्ठानका उपकुलपति प्रा.डा . ज्ञानेन्द्र गिरिलाई हस्तातरण गरे पछि सामुहिक तस्विर ।