धरान । कर्णाली प्रदेशको डडेल्धुराको क्वारेन्टिनमा रहेकी एक ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

भारतबाट जेठ १८ गते नेपाल आइपुगेकी उनी मंगलबार राति १०ः०० बजेतिर डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभूत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी थिइन् । उनी नयाँ दिल्लीबाट जेठ १८ गते गौरीफण्टा नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् ।

साँझको खाना खाइसकेपछि सामान्य अवस्थामा रहेकी ती महिला शौचालयमा जाँदा एक्कासी बेहोस बन्दै मुखबाट रगत आएको उनको श्रीमान्को भनाइ उदृत गर्दै गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले जानकारी दिइन् । स्वास्थ्य समस्या नदेखिएकी उनी के कारणले मृत्यु भएको हो भन्ने विषयमा अहिले जाँचबुझ चलिरहेको छ ।

एनमा कोरोनाको पनि कुनै खाल्को लक्षण देखिएको छैन । आज क्वारेन्टिनमा रहेका ४० जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गर्ने तयारी थालिएको उपाध्यक्ष ठगुन्नाले बताइन् । पीसीआर परीक्षणका लागि केही समय लाग्ने बताइएको छ ।