भनिन्छ साहित्य समाजको ऐना हो जसले समाजमा घटेका वा घट्न सक्ने घटनाहरुलाई प्रतिबिम्बन गर्दछ । यसै मेहरोमा लोकप्रिय कवि, कथाकार, गितकार तथा फिल्म स्क्रिप्ट लेखक उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ नेपाली कथा लेखन विधामा एक सशक्त प्रयोग हो जसले समकालीन बहुआयामिक परिवेशलाई यथार्थवादी शिल्प शैलीद्धारा लेखकीय वैशिष्यता प्रदान गर्दछ । स्थानीय परिवेश, वातावरण, संस्कृति, जातजातिका आचरण, बोलीचाली, पारिवारिक तथा सामाजिक समस्या, आदिलाई विशेष महत्व दिएर अति मिहिन रुपमा लेखिएको यस कथासंग्रहले पूर्वी नेपालको लिम्बूवानी परिवेशका कथा र व्यथालाई उजागर गर्दछ । यसैले यी कथाहरू स्थानिक चेतनाको माध्यमद्धारा वैश्यिक साहित्याकासलाई जोड्न सफल छन् । यसले सामाजिक यथार्थवादी र प्रयोगवादी वा नवचेतनावादी कथालेखन प्रवृत्तिलाई विशेषरुपमा आत्मसाथ गरेको पाइन्छ । वि.सं.१९९२ मा गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी र विश्वेश्वरप्रसाद कोइरालाको मनोवैज्ञानिक यथार्थवादी कथालेखनसँगै नेपाली कथाको आधुनिककाल शुरु भएको मानिन्छ । त्यसै गरी २००६ पछि रमेश विकलको समाजवादी–यथार्थवादी (प्रगतिवादी) कथालेखनसँगै समकालीन यथार्थवादी कथा लेख्ने केही कथाकारहरूमा मनु ब्राजाकी, परशु प्रधान, भाउपन्थी, शैलेन्द्र साकार, सनत रेग्मी, राजेन्द्र विमल, राममणि पोख्रेल, रामभरोस कापडि भ्रमर, प्रदीप नेपाल, नयनराज पाण्डे, कृष्ण धरावासी, रत्नमणि नेपाल, रमेश रञ्जन आदि प्रमूख हुन् ।

पद्मश्रीद्वारा पुरस्कृत उपेन्द्र सुब्बाको यस कथा संग्रहमा प्रभू माइला, खुङ्खार भाले, ऐंठन, ससुराली, पुचुने धामीको मरण, नसपाते बूढा, थोते साइँलो, मानसिंको चैते दशैं, हन्दनेको बिहे, हरियो ढुङ्गा, सुगुत, मनमाया र लाटो पहाड गरी जम्मा तेह्रवटा कथाहरु संग्रहित छन् । ‘पुचुने धामीको मरण’ र ‘हरियो ढुङ्गा’ बाहेक अन्य एघार वटा कथाहरुको विषयवस्तु र प्रमुख पात्रहरु लिम्बू जातिकै स्थानीय परिवेश वरिपरि घुमेको छ भने पुचुने बूढाको मरण एक ब्राह्मण धामी र हरियो ढुङगा एक मगर पात्रको वरिपरि रहेको छ । यद्यपि यी दुवै कथाहरुले गैह्रलिम्बू समुदायका पात्रका कथावस्तुलाई लिएतापनि तिनीहरुले लिम्बूवानी परिवेशसँग नै सामिप्यता राख्दछन् ।

‘प्रभू माइला’ कथाले एकातिर विगतमा यातायातको सुविधा नहँुदा नुन, तेल, लत्ताकपडा, किराना आदि आवश्यक सामान ढाकरमा बोकेर तोक्मा लगाउदै मधेश÷तराइको सम्म भूमिबाट मौवा खोलाको जँघार तर्दै पहाड आफ्नो गाउँतिर हिड्नुपर्ने यथार्थलाई देखाएको छ भने अर्कोतिर कसरी लिम्बू समूदायमा इसाइकरणले प्रभाव पार्दै लग्यो भन्ने कुराको चित्रण गरेको छ । गर्हौं भारीको बोझ, उकाली चढाई र चर्को घामले थकित पुर्ने, मंगलसिं, डबले र कोक्मा ठूले हिंडिरहेको बेला पछाडीतिर प्रभू माइला वा केशवमान एउटा सानो झोला भिरेर आइपुग्छ । विद्यालयको पढाइ छाडेर भारतको आसाम पुगी ख्रिष्टियन धर्म अनुसरण गरी गाउँ फर्केर येशुको समाचार सुनाउन थालेपछि उनको नाम प्रभू माइला भएको प्रसंग कम रोचक छैन ।

त्यसै गरी ‘खुङ्खार भाले’ गाउँले विपन्न परिवेशलाई प्रतिविम्वित गर्ने अर्को एक अत्यन्त मार्मिक कथा हो । यसमा कठीन शारीरिक परिश्रमका वावजुद प्रमूख पात्र बिर्खेलाई आप्mनो श्रीमती, छोरा माखक्के र सानी छोरी नुमाका सामान्य इच्छा र आवश्यकतालाई समेत समयमा पुरा गर्न नसक्दाको पीडा र ग्लानिको अनुभूतिले सताएको देखाइएको छ । यसैगरी विषयवस्तुको आधारमा आध्यात्मिक मिथकीय परम्परा र भौतिक प्राविधिकीय प्रयोगको प्mयुजन हो सुब्बाको कथा ‘ऐँठन’। यसमा लिम्बू मुन्धुमको मिथकलाई स्वैरकल्पनामा आधारित बनाएर प्रस्तुत गरिएको छ । कथामा एउटा किशोर छोरो आप्mनो बाबुलाई बाटो देखाउदै घरको मूल खाँबो र चुलाबाट अर्को लोकतर्फको एक रोमाञ्चकारी र अदभूत यात्रा वर्णन गरिएको छ । एकातिर मुन्धुमी आत्मिक यात्राको वर्णन छ भने अर्कातिर परिवार नियोजन र भु्रण हत्याद्धारा हुने लाखौं करोडौं मानव हत्याको त्रासदीलाई देखाइएको छ ।

‘ससुराली’ कथाले दाम्पत्य जीवनमा एकआपसको सम्बन्धलाई सुमधुर बनाउने तरिकाको अभावले कसरी श्रीमान् र श्रीमतीबीच आत्मियताको कमि रहन्छ र परस्पर मिलेर बस्न सक्दैनन् भन्ने कुरालाई प्रष्ट पारिएको छ । सफल दाम्पत्य जीवनका लागि एकले अर्काको यौन मनोविज्ञानलाई पनि बुभ्mन जरुरी छ भन्ने कुरा पनि देखाउँछ यसले । कथामा बिहे गरेको दशबर्ष बितिसक्दा पनि खोक्सुङ र उसको श्रीमतीबीच समर्पणाभावको कारणले उनी घर नबसी भागेर धेरैजसो माइतमै बस्ने गरेको र उनलाई सातौं पल्ट लिन ससुराली गएको बखत भने दुवैको चाहना एकाकार भै सम्बन्धमा सुधार आएको उल्लेख गरिएको छ ।

झापा जिल्लाको केर्खा बजारतिर बस्ने अन्य परम्पराबादी ब्राह्मणहरुभन्दा फरक रहनसहन र जीवनशैली यापन गर्ने पुचुने धामीको जीवनचर्यासँग सम्बन्धित छ कथा ‘पुचुने धामीको मरण’ । उनलाई सर्वभोगी, अनौठा क्रियाकलापमा सरिक हुने र अलि लालची व्यक्तिको रुपमा पनि चित्रण गरिएको छ । कथा ‘नसपाते बूढा’ लिम्बू परिवेशमा देखिने एक यूनिक परिदृष्य हो । यो कथा नसपाते बूढाको वरिपरि घुमेको छ । कथाकारले उसको व्यवहार, स्थानिय झर्रो बोलिचालीको प्रयोग तथा कार्यशैलीलाई अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका छन् । नसपाती नरोपे र नफलाए पनि उसले बारीमा ठूलो मुला र अकबरे खुर्सानीको एक एक बोट रोपेर फलाएको छ । उसले एउटा विकासे सुँगुरकोे विर राखेका छ, गोठमा एउटा साँढे, एउटा बोका र एउटा गाउँनै थर्काउने गरी बाँस्ने कुखुराको भाले छन् । गाउँलेले उसको साँढे, विर, बोका र भाले लगाएबापत निश्चित रकम लिए पनि ऊ भने निसन्तान नै हुन्छ । उसको स्वभाव हक्की खालको, आफु हाँस्ने र अरुलाई पनि हँसाउने, र अप्रतक्ष्यरुपमा अरुलाई खिसीटिउरी गरेर बोल्ने व्यक्तिको रुपमा चित्रित गरिन्छ । उनलाई पल्टनबाट छुट्टि आएका बखत भाषा आन्दोलनमा लागेकाले राजद्रोहको अभियोगमा मुद्दा लागी केही समय जेल बस्नुपरेकाले नाम कटुवा लाहुरे भएको देखाइन्छ ।

कथा ‘थोते साइँलो’ले शहरमा बसेर पढ्ने र आफुलाई विद्यार्थी राजनीतिमा लगाउने लिम्बू युवा पुस्ताको अन्योलपूर्ण भविष्य र जीवनशैलीलाई उजागर गरेको छ । यसले राज्यशक्तामा लिम्बू लगायत अन्य जनजातिहरुको पहँचको कमिका कारण अघि बढ्ने कुरामा तगारो बनेका कारण नेपालमा उनीहरुको भविष्य सुनिश्चित नभएको तितो यथार्थलाई देखाइएको छ । भनिइएअनुसार खरायो मार्ने पासो बनाउन तबेलामा गई कर्दले घोडीको पुच्छर काटेर चोर्न लाग्दा घोडीले लात हान्दा उसका दुइटा दाँत झरेको र त्यसपछि मानिसहरुले उसलाई थोते साँइला भन्ने गरेको पाइन्छ । राजधानीमा बसेर विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा लडेकाले आफुलाई ठूलै नेता ठान्ने थोते साँइला उर्पm गोविन्द लिम्बूले बि.ए.सम्म अध्ययन गरेता पनि बिहे भने गरेका हुँदैनन् । कथाले के देखाउँछ भने उसको बिहे नहुनुमा दाँत थोते भएकाले मात्रै होइन, बरु उमेरमा लाहुरे नभई विद्यार्थी राजनीतिमा लागेकाले पनि हो ।

यसरी सुब्बाका कथाहरुले लिम्बूहरुको परम्परा, संस्कार, संस्कृति, भाषाका साथै उनीहरुको जीवन, जगत र आर्थिक सामाजिक परिस्थितिका केही महत्वपूर्ण पाटाहरुलाई उजागर गरेका छन् । यसै मेहरोमा कथा ‘मानसिंको चैते दशैं’ पनि लेखिएको छ । बाबु बाजेकै पालादेखि रजधज गर्दै आएका मानसिंको पारिवारिक खान्दानी अभिमानको अन्त्य आप्mनै कर्मले भएको विषयलाई दर्शाइएको छ यस कथामा । यसैगरि हन्दनेको विहे शिर्षक कथाले समाजमा घटित हुने सामान्य तथा असामान्य अवस्थाका बेलामा व्यक्ति र समाजले गर्ने कार्यहरुका साथै उनीहरुले लिने निर्णयबारे चित्रण गरेको छ । यस कथाको सम्पूर्ण घटनाहरु सुब्बा हर्कबोलीको जेठो छोरो हन्दने र कान्छो छोरो लन्डनेका कार्य र चरित्र वरिपरि घुमेका छन् । यसमा लन्डने, हन्दने र पारिभित्ती भाउजूबीचको त्रिकोणात्मक सम्बन्ध र यसबारे समाजका मानिसहरुले हेर्ने र व्यक्त गर्ने आआप्mना दृष्टिकोलाई प्रस्तुत गरिइएको छ ।

त्यस्तै अर्को कथा ‘हरियो ढुङ्गा’मार्पmत भुटानी शरणार्थीहरुको समस्या, दुःख र पीडापूर्ण दिनचर्यालाई बडो गम्भिरतापुर्वक प्रस्तुत गरिएको छ । रतुवा खोलाको किनारमा बस्ने भुटानी शरणार्थी सुखबहादुर मगर उर्फ निचुले कान्छोलाई ‘शरणार्थी हुनु भनेको गिटी कुट्नु हो’ भन्ने लाग्छ । गिटी कुट्नका लागि भनी ढुङ्गा खन्दा फेला परेको हिरा जस्तो एउटा हरियो ढुङ्गो नै निचुले कान्छोको जिन्दगीमा सबैभन्दा दुःख, पीडा र बर्बादीको कारक हुनपुग्दछ । यसैको कारण उसको एउटा छोराको हत्या, अर्को छोरालाई जन्मकैद अनि श्रीमती र छोरी बेपत्ता पारिदिन्छ । धेरै भुटानी शरणार्थीहरु पुनर्वासमा कोही अमेरिका, कोही अष्ट्रेलिया, कोही युरोप पुगेको अवस्थामा पनि निचुले कान्छो भने उसरी नै अहिले पनि एक्लै रतुवामा गिटी कुट्न जान्छ तर सधैसधैं एउटै डर बोकेर कि फेरि नमेटियोस् हरियो ढुङ्गा ।

सुब्बाको अर्को कथा ‘सुगुत’ लिम्बू समूदायमा प्रचलित परम्परा, संस्कृति र जनविश्वासको दर्पणको रूपमा प्रस्तुत छ । यसले केही ऐतिहासिक, आर्थिक र लैंगिक पक्षहरुलाई समेत कोट्याएको छ । आर्थिक उपार्जनका लागि विभिन्न देशहरुमा भौतारिनुपर्ने बाध्यतालाई देखाइएको छ । विशेषतः लोग्नेमान्छे यसरी बिदेशिनु पर्दा श्रीमतीको उचित रेखदेखको कमीको कारण बच्चा जन्माउने बेलामा अकालमै मृत्यवरण हुने र सो मृतकको आत्मालाई परम्परागत संस्कारअनुरुप सम्पन्न नगरिएमा वा आत्माको इच्छा पुरा नभएमा सुगुत हुने र यसले सदैव दुःख दिइरहने स्थानिय जनविश्वासको आधारमा लेखिएको छ यो कथा ।

‘मनमाया’ कथाले समाजमा गरिने लैंगिक विभेदलाई चित्रित गरेको छ । पारिवारिक बाध्यतावस वालअधिकारको उल्लंघनमा आमाबाबुले ध्यान दिन नसकेको तीतो यथार्थलाई यसले देखाउँछ । शहरबजार र केही सुविधासम्पन्न ठाउँहरुमा अलि कम भएता पनि गाउँघर र विपन्न परिवारमा वालश्रम र लैंगिक विभेद अझै कायमै रहेको यसले प्रष्ट पार्दछ । कथामा विद्यालय जान छोडेर नौ वर्षकी मनमाया वर्षदिनका सानो भाइ हेर्ने, खाना खुवाउने, नाहेन भालेलाई स्यालले लान्छकि भनेर हेर्ने, मेलापातमा खाजा पु¥याउने, पानी बोकेर गाग्री भर्ने आदि कामको जिम्मा पाएको हुन्छ । यसरी काम गर्दागर्दै पानीले निथ्रुक्क भिजेको र भालेलाई पनि स्यालले लगेकोले उनलाई बिरामी र आमाको गालीले सताउँछ । अन्तिममा उनको बुबा र आमाको विद्यालय पठाउने कुराले मनमाया खुशी भई निन्द्रामै बर्बराउछिन् । कथा सकरात्मक मोडमा अन्त्य भएपनि मनमायाको आउँदा दिनहरु त्यति उत्साहप्रद भने देखिंदैनन् ।

यस संग्रहको शिर्षककथा ‘लाटो पहाड’ अभिनय तथा प्रदर्शन कलाशैलीलाई प्रमूख आधार बनाएर लेखिएको छ । दृश्यात्मक कथानकको आलोकमा टेकेर सिंगो संग्रहका प्रायशः अधिकांश पात्रहरुको भूमिकालाई एकिकृतरुपमा प्रस्तुत गरेको छ यस कथाले । एउटा अति सामान्य गाउँले परिवारको पृष्ठभूमिमा लेखिएको यो कथाले जीवनको विशेष पाटोलाई अत्यन्त सुक्ष्म ढंगले केलाएको छ । यसमा एकातिर लिम्बू जातिको सामाजिक सांस्कृतिक तथा मानवीय संबेदनाका पक्षलाई देखाइएको छ भने अर्कोतिर व्यक्ति र घर परिवारको दुर्दशालाई आम पाठकसामु ल्याइएको छ । ओरालो लागेको मृगलाई बाछाले पनि धपाउँछ भनेभैmं जब मानिसलाई दुर्दशाले घेर्न लाग्छ तब साथीभाइले पनि धोका दिन थाल्छन्, विभिन्न क्षेत्रहरुबाट समस्याको ओइरो लाग्छन् । यस्तै समस्या र दुःखले पिरोल्छ लाटो पहाड कथाका पात्र कोक्मा ठूलेको जीवनलाई । कोक्मा ठूले र उनको छोरो फाङ्जङलाई प्रमूख पात्रका रुपमा उभ्याइएता पनि अन्य पात्रहरुको भूमिका कम महत्वका छैनन् । डाँडामा घर भएको र परिवारमा ठूलो छोरो भएकाले उनलाई ‘कोक्मा ठूले’ भनिएका अति सरल र रौसी प्रवृत्तिका कोक्मा ठूलेको च्याब्रुङ बजाएर नाच्ने मोह विचित्रको छ । यसै च्याब्रुङकै कारण साथीभाइसँग उनको झगडा पर्छ, उनलाई गालीब्यइजती, जरिमाना, मुद्दामामिलाकासाथै कैदसम्म हुन्छ ।

यसै गरी विद्यालयमा एकल नेपाली भाषा प्रयोग र प्रशिक्षणका कारण सिकाईमा लिम्बू बालबालिकामा परेको असरलाई पनि यसमा देखाइएको छ । फाङ्जङले नेपाली शव्दको सही शव्दोच्चारण गर्न नसक्दा ऊ शिक्षिक–शिक्षिकाबाट बरोबर गाली र यातनाको सिकार भैरहन्छ र उसलाई भयले सताउँछ । एकातिर शिक्षिकाको गाली र कुटाइका कारण फाङ्जङ पटक–पटक विद्यालय जान छोड्छ भने अर्कातिर उसको कक्षाका साथी विष्णुसँग एकअर्कामा भनाभन र झगडा परिरहन्छ ।

समग्रमा यस कथा संग्रहबाट कुनै पनि कार्य समयमै सही ढंगले सम्पादन गर्न असमर्थ भएमा त्यसको प्रतिफल अनुकुल नहुने र त्यसले भविष्यमा नकरात्मक असर पु¥याउने कुरालाई उजागर गरेको छ । केही हाँसो, केही ठट्टा र केही मनोरञ्जनका ससाना डल्लारुपी अनुभूतिहरु भोग्न पाएतापनि अधिक पीर, आवश्यकता र कठीनतम् जीवन भोगाइका पहाडहरु व्याप्त छन् यहाँ ।

कविहरु उपेन्द्र सुब्बा, राजन मुकारुङ र हाङयुग अज्ञातको साहित्यिक आन्दोलन सिर्जनशील अराजकता वास्तवमा एक नवीन आयाम हो, जसको आप्mनै विशेष योगदान छ नेपाली साहित्य जगतमा । ‘खोलाको गीत र पूराना कविताहरु’ कविता सङ्ग्रहलाई सुब्बाको लेखनकलाको मानक कृति मानिन्छ । अहिले लाटो पहाड कथा सङ्ग्रहमार्पmत उनले लेखनमा आफ्नो बहुविधाको आयामलाई अझ फराकिलो पारेका छन् । उनको लेखनमा सरलता र सरसता छ । कवितामा झैं छङछङ झरना मात्रै झर्दैनन्, उनी कथामा सलल तमोर र कावेली पनि बग्न सक्छन् र सप्तकोशीमा मिल्न पुग्छन् सुटुक्कै । अनि मानवीय अनुभूति र संबेदनालाई स्पर्श गर्दछन् । त्यसैले त आम पाठक बीच प्रिय बनेका छन् उनी । उनको कथाहरुले नश्लीय चेत र लिम्बवानी समाजका भुइँमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवेश, जसबाट निःसृत संस्कृति र व्यवहारका भिन्नताहरुलाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् । यसै संग्रहका दुइटा कथाहरु ‘प्रभू माइला‘ र ‘मनमाया‘लाई मिलाएर २०७२ असार ३० गतेदेखि श्रावण १८ गतेसम्म शिल्पी थिएटरले किरण चाम्लिङ राईको निर्देशनमा भएको नाटक मञ्चन निकै सफलरुपमा सम्पन्न भएकोले पनि यसले विशेष स्थान बनाउन सकेको ज्ञात हुन्छ । यसका साथै २०७२ सालको पद्मश्री पुरस्कारले समेत यो कृति सन्मानित भएकोबाट पनि यसको साहित्यिक उचाई र गरिमालाई बुझ्न सकिन्छ ।

फिनिक्स बुक्सद्वारा प्रकाशित लाटो पहाड शिर्षक लिम्बूभाषा केःबा कोक्माबाट आजका युवापुस्ताले उल्था गरेको भनिएता पनि यो आपैmमा बहुअर्थी शब्द हो । यसको नेपालीमा ‘अग्लो डाँडा’, ‘लाटो डाँडा+पहाड’ वा ‘बाघ डाँडा’ भन्ने अर्थ समेत लाग्ने गर्छ । अन्त्यमा भन्नुपर्दा, कथाकारले प्रयोग गरेका केही लिम्बू तथा खसनेपाली शव्दहरु स्थानिय परिवेशमा दैनन्दिन बोलीचालीमा प्रयोग भैरहने भएतापनि साहित्यिक लेखनमा भने उत्ति सा¥हो श्लील र सुपाच्य नै चाहीँ भन्न मिल्दैन यद्यपि यस्ता शव्द चयन र प्रयोगका लेखकीय आशय यथार्थवादी र प्रगतिवादी लेखन हुनसक्छन् ।

(समकालीन साहित्यमा १० आश्विन २०७२ मा प्रकाशित लेखलाई सम्पादन गरी प्रस्तुत गरिएको)