श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख १७ गते बुधबार, ३० अप्रिल २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको तृतीया तिथि ०२ः३१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रोहिणी ०४ः३४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बोलीको लय नमिल्दा सहयोगीहरूले केही गुनासो गर्न सक्छन्। साथ–सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले सङ्कल्प पूरा गर्न सकिनेछ । काम दोहो¥याउनु परे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। मित्रजनबाट आवश्यक सहयोग भने पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लामो यात्रा गर्ने अवसर जुट्नेछ । पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले आयस्रोत बढाउन सकिनेछ । व्यापारमा रोकिएको रकम उठ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि लगानी बढाउन सकिनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन्।