श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख १८ गते बिहीबार, १ मे २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको चतुर्थी तिथि ११ः४२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मृगशिरा ०२ः३७ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः२४ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखार आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। रमाइलो यात्रा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
केही पाउन अर्काे वस्तु त्याग्नु पर्ला। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनु पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हातबाट धन बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ, सजग रहनुहोला। लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धनलाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। पेसा–व्यवसायमा आम्दानी बढ्नाले धन सञ्चय हुनेछ।