भद्रपुरमा एकजना कोरोना पुष्टि

alt
  • जेठ १५, २०७७
  • ब्लाष्ट खबर

भद्रपुर / भद्रपुरका ३७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । भद्रपुर १० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए । पुरुष भद्रपुर ५ का हुन् ।

भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । क्वारेनटाइनमा बसेका उनको स्वाब सङ्कलन गरी पीसीआरका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो । पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

भद्रपुरमा आएका उनलाई क्वारेनटाइनमा लगेर राखिएकोले वडामा सङ्क्रमण फैलिने त्रास नरहेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

बिहीबार मात्रै झापामा २६ जना सङ्क्रमित थपिएका छन् । कचनकवलमा २५ र भद्रपुरमा एक जना थपिएका हुन । यो सँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ ।

नेकपा किचलो यथावत, स ...

काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शी ...

उदयपुरका ४ फरार अभिय ...

उदयपुर /  उदयपुर प्रहरीले विभिन्न मुद्दाका फरार आर ...

किसानको पीडा बुझिदेऊ ...

किसानको पीडा बुझिदेऊ सरकार अर्थतन्त्रको मेरुदण्ड कृषिप् ...

लकडाउनको अवधिमा घरभ ...

धरान /  लकडाउनको अवधिमा घरभाडा छुट दिने धरानका घरध ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved