जनकपुर  /  प्रदेश २ मा कोरोनासंक्रमितको संख्या बढेर गएको छ । बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेको बताइएको छ ।  ती संक्रमितहरु सबै भारतबाट नेपाल प्रवेश गरेका हुन ।