धरान । नेपालमा ७२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ६७५ जना पुगेको छ । नेपालका विभिन्न स्थानको प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा यो संख्यामा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको रिपोर्टमा उल्लेख छ । 

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिनेमा धनुषा, कपिलवस्तु, काठमाडौं, रौतहट, बारा, दैलेख, बर्दिया, बाँके र सप्तरीका छन् ।