धरान । नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएसँगै कुल संख्या ५१६ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ९ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी, बारा र भक्तपुरमा संक्रमितहरू भेटिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा विभिन्न उमेर समूहका गरी ९ जना थपिएका हुन् । 

मन्त्रालयका अनुसार मकवानपुर हटौडा–३ की ५४ वर्षीया महिला, भक्तपुर ९ का ४२ वर्षीया महिला, सप्तरी बलान बिहुल नगरपालिकाका ३५ वर्षीय पुरुष र बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुषहरू रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।