भद्रपुर  / केही दिन यताबाट झापाको दक्षिणी क्षेत्र कचनकवलमा देखिएको कोभिड १९को संक्रमण ा हालसम्म भारतबाट आएका नागरिकमा मात्र देखापरेको गाउँपालिकाले जनाएको छ । 
नेपाल भारतको सीमा क्षेत्र कचनकवलको विभिन्न नाकाबाट प्रहरीको प्रत्यक्ष निगरानीमा सोझै कवारेन्टाइनमा ल्याइएकाहरुमा संक्रमण देखिएको हो । 

तर, खुला सीमाका कारण सो क्षेत्र लगायत अन्य स्थानबाट लुकिछिपी आएका मानिसले समुदायमा सार्ने भने प्रवल सम्भावना रहेकोले झापा यतिबेला सङ्क्रमणको उच्च जोखिममा रहेको छ । 

विहबिारसम्म कचनकवलमा मात्र ३३ जना सङ्क्रमित पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि नयाँ सङ्क्रमित पुष्टि भइसकेका छन् । कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् । कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको हो । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ । 

नेपाल भारत सीमामा रहेका एक हजारभन्दा बढीलाई उद्धार गरेर झापाका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न थालिएको छ । सीमाबाट उद्धार गरिएका झापााभित्रका भए जुन नगरपालिका वा गाउँपालिकाका हुन् त्यहाँ निर्माण गरिएको क्वारेन्टाइनमा पठाउने बताइएको छ ।
बाहिर जिल्लाका भए जाँचपछि रिर्पोट नेगेटिभ आएमा सोही जिल्लामा पुर्याउने निर्णय भए अनुसार कार्य थालनी भएको पनि जनाइएको छ ।  

भारतबाट आएका हुन समाजमा फेलिएको छैन
 कचनकवल गाउँपालिका अध्यक्ष अञ्जरा आलमले सङ्क्रमित देखिएका सवै भारतबाट आएको बताउँछन् । भारतमा यातायातका साधन चलेका कारण नेपालीहरु सीमासम्म पुग्न पाए नेपाल छिर्न सकिने आँट लिएर आएको उनको भनाइ छ । भारतीय एसएसबीले समेत नरोकेका कारण समस्या जटिल बनेको उनले बताए । 
दुई महिनासम्म भारत बसेर नेपाल आएपछि उतैबाट सङ्क्रमित भएर आएको उनले बताए । पहिलेदेखि नै नाका कडा बनाइए पनि सीमामा आएपछि भित्र्याउनु परेको उनको भनाई छ । करिव २ सय ३० जना क्वारेनटाइनमा रहेको उनले जनाए । शुक्रबार पनि ५० जना आउने जानकारमिा आएकोले पुन १ सय क्षमताको क्वारेन्टाइन  बनाइरहेको उनको भनाई छ । 
 केचना मात्र नभइ झापा नै त्रसिद भएकोले प्रदेश र सङ्घीय सरकारको सहयोग माग गरिएको उनले सुनाए । हालसम्म समाजमा छिर्न नपाएको र समाजलइ पनि सवै जानकार भएकोले लुकाएर नराखेको उनले दाबी  गरे । समस्या आएपछि जेठ ११ गतेसम्म गाउँपालिका सिल गरिएको उनले जानकारी दिए । 

कचनकवलको सीमा हल्दीबारीद्धारा सिल
त्यसैगरी कोरोना सङ्क्रमित देखिएको कचनककवलको सीमाना रहेको हल्दीबारी गाउँपालिककाले सवै वडाहरुलाई उच्च निगरानी बढाउन सम्बधित वाडलाई निर्देशन दिइसकिएको पालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले बताए । कचनकवलसँग प्रत्यक्ष सीमा जोडिएको ४ नम्बर वाडलाइ भने सिल गरिएको उनले जनाए ।

कचनकवलको सीमा भद्रपुरमा पनि निगरानी  
कचनकवलसँग सीमा जोडिएका वाडहरुमा निगरानी बढाइएको भद्रपुरनगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । पालिका आउन जाने भए मुख्य सडक वाहेक अन्यत्रबाट आवत जावत नगर्न सूचना जारी गरिसकिएको उनले जनाए । भारतबाट आएर कवारेन्टाइनमा वसेकालाइ पीसिआर जाँच गराई सम्बन्धित पालिकामा पठाउने भनिएपनि जिल्ला प्रशासनले नेतृत्व गर्ने भएकोले पालिकासँग तालमेल नमिलीरहेको उनको भनाइ छ । यता झापाको मुख्य प्रवेशद्धार  भारतको सीमा क्षेत्र मेचीनगर नगरपालिकाबाट तिन दिन यता १ हजार भन्दा बढी सीमामा रहेकालाई ल्याइसकेको भएपनि पालिका शिल भने गरेको छैन । उता विर्तामोडले भने विहीबार मधयरराति यताबाट शिल गरिसकेको छ ।