भद्रपुर / भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिमा क्वारेनटाइनमा बसेकामध्ये विहीबार थप १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार एक जना र मङ्लबार ९ जना , बुधबार ५ र विहीबार दिउँसोसम्म १८ जनामा कोरोना सङ्क्रमित देखिएको हो । यो सँगै सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ ।

केहीदिन अघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखि उनीहरूको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा थप १८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ । उनीहरु सवै कचनकवलवासी हुन् ।

उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् । उनीहरु सवैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । कोरोना पुष्टि भए पछि बुधबार वसेको पालिकाको वैठकले जेठ ११ गते सम्म गाउँपालिका शिल गर्ने निर्णय गिरिएको पालिका अध्यक्ष अञ्जरा आलामले जानकारी दिए ।

कचनकवलका विभिन्न क्वारेनटाइनमा बुधबार साँझसम्म २२४ जना रहेको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।
गाउँपालिकाले नाकाबाट आउनलेलाई नियन्त्रणमा लिएर क्यारेन्टायनमा राख्दैं आएका छन् ।