धरान । अन्य देशको तुलनामा भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १४८ जनाको ज्यान गएको छ ।

अन्य देशमा भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या घटिरहेको छ । अमेरिकापछि सबैभन्दा बढी मृत्यु दर भएको इटाली तथा स्पेनको हाराहारीमा भारतमा दैनिक मृत्युको संख्या बढिरहेको हो । वल्र्डोमिटरका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३९५ छन् । इटालीमा १५६ मात्रै छ भने स्पेनमा ५२ मात्रै छ । तर, भारतमा भने दैनिक मृत्युदर बढिरहेको छ ।

तर, कोरोना भाइरस प्रारम्भ भएको देश चीनमा संक्रमितको संख्याको तुलनामा भने भारतमा मृत्युदर कम छ । भारतमा हालसम्म एक लाख १८ हजार २२२ जना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ३ हजार ५४८ छ । जबकि चीनमा ८२ हजार ९ सय ६७ जना संक्रमित हुँदा चार हजार ६३४ जनाको मृत्यु भएको तथ्याङ्क छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार २५ जना संक्रमित बनेका छन् । सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित बन्दै आएका छन् । जहाँ ४१ हजारभन्दा बढी कोरोना संक्रमित बनिसकेका छन् ।