दमक /  भारतमा रेल सञ्चालन भए पछि त्यहाँ कार्यरत नेपालीहरु नियमित रुपमा सिमा नाकामा आउने गरेका छन् । १ सय ४४.३ किलोमिटर भारतसँग सिमाना जोडिएको झापामा दैनिक सयौको संख्यामा भारतमा रहेका नेपालीहरु आउने गरेका छन् ।

उनीहरुलाई सरकारले तत्काल नेपाल प्रवेश गर्न रोक लगाएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आन्तरिक व्यवस्था मिलाए पछि मात्र सिमानामा आएका नेपालीलाई प्रवेश गराउने बताएका छन् । तर प्रदेश सरकारले आन्तरिक व्यवस्थापन मिलाई नसक्दै सिमानाकाबाट दैनिकरुपमा नेपालीहरु खुलेआम नेपाल प्रवेश गरिरहेका छन् । जिल्लाको सिमानाका क्षेत्रमा हरेक ५÷५ सय मिटर क्षेत्रमा सुरक्षा पोष्ट (विओपी) बनाइएको भएपनि त्यहाँ रहेका सुरक्षाकर्मीको आँखा छलेर नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् । जसका कारण जिल्लामा संक्रमणको त्रास बढ्दो मात्र छैन संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

झापामा बिहिबार मात्र एकै दिन २३ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमणको देखिएपछि जिल्लामा थप जोखिम बढेको छ । भारतसँग सिमाना जोडिएको कचनकवल गाउँपालिकामा दैनिक रुपमा सयौको संख्यामा भारतबाट नेपालीहरु लुकिछिपी गाउँ पस्ने गरेका छन्। त्यसरी पसेकाहरुलाई गाउँलेले प्रहरीलाई खवर गरेपछि गाउँपालिकाले तयार गरेको क्वारेण्टाईनमा राख्ने गरिएको छ । तर क्वारेण्टाईनको क्षमता भन्दा बढी भएपछि थप चुनौती बढेको कचन कवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेस्वर प्रसाद यादवले बताए । उनले भने ‘४० जनाका लागि तयार गरिएको क्वारेण्टाईनमा १ सय ५० जना पनि बसाउनु परेको छ । यसले संक्रमण भएका र नभएकाहरु सुरुमै पहिचान गर्न नसक्दा थप जटिलता सिर्जना गर्ने गरिरहेको छ । ’

झापामा भारतले रेल सञ्चालनका लागि अनुमती दिए यता यतामात्र ८ सय ४२ जना नेपालीहरु जिल्ला प्रवेश गरेको जिल्ला समन्यव समिती झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए । यसरी आउनेलाई जिल्लाका विभिन्न स्थानमा बनाइएको होल्डीङ पोइन्टमा राखिएको छ । यस भन्दा अघि विभिन्न देशबाट फर्केका १ हजार ९२ जना विदेशबाट फर्कका हुन । उनीहरुलाई नि
िनिश्चित प्रकृया पुरा गराएर क्वारेण्टाईन र होम क्वारेण्टाईनमा राखिएको थियो । तर अहिले सबै भन्दा धेरै चुनौती भारतबाट आउनेलाई व्वस्थापन गर्न देखिएको पोर्तलले बताए । सिमानाकामा मात्र आएका नेपाली हेर्ने र गन्ने हो भने त हजारौ छन् तर हामीले सरकारको निर्णय पर्खेका कारण प्रवेश गर्ने दिएका छैनौ । तर उनीहरु लुकिछिपी गर्दै नेपाल प्रवेश गर्नेहरु पनि सयौ छन् । ८ सय ४१ जना जिल्लाका विभिन्न नाकाबाट प्रवेश गरेका छन् ।

लुकिछिपी झापा प्रवेश गर्नेलाई दमकमा १ सय ५० ,काँकरभिट्टामा १५० , भद्रपुरमा २५०, विर्तामोडमा २०० जना लाई राख्न मिल्ने गरिएको होल्डिङ एरिया तयार पारिएको छ । कुल ७ सय ५० जना राख्न मिल्ने गरिको होल्डिङ एरिया बनाएको हो । तर क्षमता भन्दा बढी भएका कारण कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता जिल्लामा चुलीन थालेको छ ।

झापाको नाका भएर आउने सबै जना झापाका मात्र नभएर देशका बिभिन्न जिल्लाका समेत भएका कारण तत्काल समस्या भए पनि अन्य जिल्लाका लाई तत् तत् जिल्ला पठाइने सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । उनका अनुसार बिहिबार सम्म जिल्ला प्रवेश गरेकालाई बिहिबार नै तत् जिल्लामा पुर्याउने गरिको तयारी हुँदै गरेको छ । सवारी पास लगायत अन्य व्यवस्थापनको तयारी हुँदै गरेका कारण बिहिबार राती सम्ममा झापा बाहेक अन्य ६५ जिल्लाकाहरुलाई आफ्नै जिल्ला पठाइदै छ । सहायक प्रमुख जिल्ला अधिकारी राईका अनुसार जिल्ला प्रशषन कार्यालयमा पाप्त तथ्याक अनुसार ६ सय २ जनालाई विभिन्न जिल्ला पठाइदै छ । सुरक्षा निकायले दिएको तथ्याकंकका आधारमा झापा बाहेक अन्य जील्ला बासीको तथ्याकं तयार पारिएको उनले बताए ।

१५ पालिका रहेको झापामा ३१ वटा क्वारेण्टाईन निर्माण गरिएको छ । जसमा १ हजार ८८ शैयाका क्षमता रहेको छ । यसमा ८ सय ४१ जना क्वारेण्टाईनमा बसेका छन् भने ५ सय ८६ जना क्वारेण्टाईनबाट बिभिन्न मितीमा घर फर्केको जिल्ला समन्वय समितीले जनाएको छ ।