धरान । नेपालमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सीमावर्ती जिल्ला रौतहटमा १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा २९१ जना कोरोनाबाट संक्रमित बनेका छन् । हालसम्म एक जना महिलाको निधन भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । रौतहटको राजपुर नगरपालिका–९ फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुषमा कोरोना देखिएको हो । त्यस्तै रौतहट इसनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

corona_update 3