धरान । भारतमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ८१ हजार नाघेको छ । कोभिड १९ इण्डिया टड ओआरजीका अनुसार ८१ ह्जार ७०५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

हालसम्म २ हजार ६४४ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ६४८ नयाँ संक्रमित देखिएका छन् भने ९२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । यता स्वास्थ्य एवम् जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७२२ जना नयाँ संक्रमित देखिएका छन् भने १३४ जनाको निधन भइसकेको जनाएको छ । कोभिड १९ इण्डिया टड ओआरजी र स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा केही तलमाथि रहेको छ ।

सबैभन्दा बढी महाराष्ट्रमा कोरोनाबाट प्रभावित बनेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४४ जनाको ज्यान गइसकेको छ । यो राज्यमा मात्रै २७ हजार ५२४ जना संक्रमित रहेका छन् । हालसम्म १ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै दिल्लीमा पनि ८ हजार ४७० जना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ । हालसम्म ११५ जनाको ज्यान गइसकेको छ । भारतको सीआरपीएफमा तीन जना सिपाहीलाई कोरोना भएको पुष्टि भएको छ । हालसम्म २४८ जना सिपाहीलाई कोरोना संक्रमण भएको छ । एक जनाले ज्यान समेत गुमाइसकेका छन् ।

भारतको सबैभन्दा बढी कोरोनाबाट संक्रमित हुने राज्यमा महाराष्ट्र, दिल्ली, गुजराज, मध्यप्रदेश तथा पश्चिम बंगाल छन् । बिहारमा मात्रै ९८९ जना कोरोनाबाट संक्रमित बनेका छन् । उत्तर प्रदेशमा ३ हजार ३५८ जना कोरोनाबाट संक्रमित बनेका छन् ।