धरान÷अहिले विश्वभर कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिएको छ ।
यसको सङ्क्रमण फैलिए सँगै विश्वका कैयौं मुलुकका मानिसहरू आफ्नो घरभित्र कैद भएका छन् । कोरोनाको महामारी यतिसम्म फैलिएको छ कि विश्वका कैयौं महŒवपूर्ण कार्यक्रमसमेत रद्द भएका छन् । कोरोना सङ्क्रमणले सबैलाई अस्त–व्यस्त बनाएको छ । फिल्मी क्षेत्रमा पनि यसको असर देखा परेको छ ।

सबैभन्दा बढी फिल्म उत्पादन गर्ने बलिउडले समेत कोरोना सङ्क्रमणको त्रासका कारण फिल्म प्रदर्शन मिति सार्न थालेको छ । कोरोना सङ्क्रमण फैलिएसँगै बलिउडमा फिल्मको सुटिङ रोकिएको छ । रोहित शेट्टीको सूर्यवंशीको प्रदर्शन मिति स्थगित भएको छ । तर यही बलिउडमा एक रोचक विषयले प्रवेश पाएको छ । जसका कारण बलिउड आफै त तरङ्गित छ नै अन्यत्र पनि यसले सबैलाई अचम्भित बनाएको छ ।

यसरी सबैलाई अचम्भित पार्ने विषय भनेको बलिउडले कोरोनाको नाममा फिल्म बनाउने भएको हो । कोरोना भाइरसमा आधारित रहेर बन्ने फिल्मको टाइटलसमेत फाइनल भइसकेको छ ।
इराँस इण्टरनेसनलको ब्यानरमा बन्ने उक्त फिल्मको नाम ‘कोरोना प्यार है’ रहनेछ ।

ऋतिक रोसन अभिनीत फिल्म कहो ना प्यार है सँग मेल खाने यस फिल्म लव स्टोरी कथामा आधारित रहने जनाइएको छ । इराँस इण्टरनेसनलका कृष्णा लुल्लाका अनुसार अहिले कोरोना प्यार है को स्क्रिप्टमा काम शुरु भइसकेको छ । इराँसका अलावा अन्य फिल्ममेकरले पनि कोरोना भाइरसमा फिल्म बनाउँदैछन् ।