धरान / आज प्रदेश सभामा नाम र राजधान िप्रस्ताव गर्न आवहान सभामुख प्रदिपकुमार भण्डारीले गरे पछि राजधानी र प्रदेश १ को नामका विषयमा बहस शुरु भएको छ । विभिन्न जातीय संगठनहरुले आ–आफ्नो तवरले दवाव शुरु गरेका छन् ।
लिम्बुवान संयुक्त संघर्ष समितिले आज प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ को नाम ‘किरात लिम्बुवान’ राख्न माग गरेको छ ।

संघर्ष समितिमा रहेको विभिन्न ८ घटकहरुले जारी गरेको संयुक्त विज्ञप्तमा प्रदेश नं १ को नाम किरात(लिम्बुवान राख्न प्रदेश सांसदहरुलाई अपिल गरेको हो ।

प्रदेश १ को नामकरणमा लिम्बुवान समावेश गराउन समितिमा आवद्ध घटक संगठनहरुबाट हुने आन्दोलनप्रति पनि संघर्ष समितिले समर्थन र ऐक्यवद्धता जनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।  हिजो किरात राई यायोक्खाले पत्रकार सम्मेलन गरेर प्रदेशको नाम ‘किरात’ राख्न दवाव दिएको थियो ।