धरान / प्रदेश १ को नाम र राजधानीबारे नेकपाको शीर्ष नेता र सांसदहरुबीचमा सहमति नजुट्दा आज बोलाइएको प्रदेशसभा बैठक बस्न सकेन ।।

प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्न आह्वन गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको थियो । तर, दुई तिहाई बहुमत भएको नेकपाका सांसदहरुबीचमा नै नाम र राजधानीबारे मत बाझिए पछि सदनका ेबैठक नै प्रभावित भएको छ । सहमति प्रदेशसभाको बैठक २२ गते १ बजेलाई बोलाइएको संंसद सचिवालयले जनाएको छ ।

अहिले पनि होटल विगमा नेकपाका शीर्ष नेताहरु छलफल गरिरहेका छन् । हिजोदेखि छलफलमा जुटेका नेताहरुले नाम र राजधानी समहमति गर्न सकेका छैनन् । हिजै बस्ने भनिएको नेकपाको संसदीय दलको बैठक आज पनि बस्न सकेको छैन् । श्रोतका अनुसार प्रदेशको राजधानी विराटनगर नभई अन्यत्र नयाँ शहरमा राख्न सांसदहरुले लभिङ गरिरहको छन् । तर शिर्ष नेताहरुको प्रदेशको नाम कोशी र विराटनगर राजधानी राख्न यस अघि नै सहमति भएको बताइएको छ । तर उक्त शिर्ष नेताहरुको सहमतिमा प्रदेश सांसदहरुले असहमति जनाउदैं आएका छन् ।