धरान / किरात राई यायोक्खाले प्रदेश १ को नाम ‘किरात प्रदेश’ बहायको विकल्प नखोज्न भनेको छ । प्रदेश सभाले यही वैशाख १९ गतेसम्म नाम र राजधानी प्रस्ताव दर्ता गर्ने समयसीमा तोकेपछि यायोक्खाले उक्त माग दोहोर्याएको हो । उसले प्रदेश १ का माननीयहरुलाई किरात प्रदेश नामका लागि प्रस्ताव दर्ता गर्नसमेत आग्रह गरेको छ ।
ुकिरात कुनै एउटा जाति नभई इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति भएकाले सङकोच नमानी ‘किरात प्रदेश’को पक्षमा प्रस्ताव लान किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले बताए ।
यायोक्खा केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरि इतिहास, भूगोल र सभ्यताको सम्मानको लागि बहुपहिचान झल्किने किरात प्रदेश नाममा सबैको सहयोग र समर्थनको लागि आग्रह गरिएको छ ।
उनका अनुसार किरात शब्द सर्व प्राचीन तथा सर्व स्वीकार्य नाम भएको छ। ुकिरात शब्दले राई जातिलाई मात्र प्रतिनिधित्व गर्दैन, १ नं प्रदेशको हिमाल, पहाड, तराईका १६ वटा जातिका किराती समुदाय लगायत सबै आदिवासी जनजाती र खस आर्य समुदायसमेतले आफुलाई ऐतिहासिक भुगोलको आधारमा किराती भन्न गर्व गर्दै आएको उनले बताए ।
यायोक्खाले डेढ दशकदेखि किरात प्रदेशका पक्षमा शान्तिपूर्ण अभियान जारी राखेको छ। गत फागुनमा धरानमा भएको महाधिबेशनले किरात प्रदेश नामकरणका लागि प्रस्ताव नै पास गरेको थियो । मागका विषयमा सत्तारुढ राजनीतिक दलहरू, प्रतिपक्ष दलहरू, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, सांसदहरूलगायतलाई ध्यानाकर्षणपत्र यस अघि नै बुझाइ सकेको छ ।