इटहरी इटहरीलाई प्रदेश एकको राजधानी बनाउन नेकपाका अधिकांस सांसद देखिए पछि बुधबार सांसदहरुको बैठकबाट कुनै निर्णयमा पुग्न सकेन । नेकपा भित्रका दुई तिहाई सांसदहरुले इटहरी राजधानी हुनु पर्ने माग गरेसँगै नेकपाले बैठकनै स्थगित गरेको बताइएको छ ।
बुधबार बस्ने भनिएको नेकपाको सांसदहरुको बैठकमा नाम र राजधानीको विषय टुङ्ग्याउँने भनिएको थियो । तर बुधबार राजधानीको विषयमा इटहरी हुनु पर्छ भन्नेमा नेकपामा ४५ जना भन्दा बढि सांसद देखिएका थिए ।
नेकपाका ९३ सांसदमध्ये ४५ जनाले इटहरी राजधानी हुनु पर्छ भने पछि नेकपा प्रदेश संसदीय दलको बैठक स्थगित भएको प्रदेश सांसद लिलम बस्नेतले बताए । । उनी भन्छन् –‘नेकपाका धेरै सांसद इटहरी राजधानी हुनु पर्छ भन्ने पक्षमा हुन ुहुन्छ, खै किन बैठक नै भएन ।
विराटनगरलाई स्थायी राजधानी बनाउनु हुन्न भन्नेमा धेरै सांसद रहेको बस्नेतको भनाई छ । विराटनगरसहितका पहाडी र पूर्व–पश्चिम राजमार्ग आसपास तथा उत्तरका सांसदले इटहरी राजधानीका लागि उपयुक्त हुने धारणा राखेसँगै बैठक स्थगित हुन पुगेको बस्नेत बताउँछन ।
‘बैठकमा विराटनगरको विपक्षमा धेरैसांसदको एक मत भएसँगै बैठक स्थगित हुन पुगेको बस्नेतको भनाई छ । उनीहरुले विराटनगरवाहिर राजधान िबनाउन हस्ताक्षर अभियान नै संचालन गरेका छन् ।
‘ठाउँलाई लिएर भोटिङ भयो भने विराटनगर पहिलो चरणमै आउट हुन्छ’, उनले भने, ‘झन्झटिलो चुनावी व्यवस्थाले यो विषय अझ लम्बिएर जान्छ । मोरङका एक–दुई जनाबाहेक विपक्षका अरू सांसद पनि विराटनगरको पक्षमा हुनु हुन्न ।’– बस्नेतले भने ।