भद्रपुर / झापामा फेरि २० बर्षीय युवतीमाथि बलात्कार भएको छ । झापा कमल गाउँपालिका समयगढकी एक युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । युवतीलाई बलात्कार गरेको आरोप लागेका सोही गाउँपालिकाका ४२ बर्षीय शम्शेर तामाङ्लाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
तामाङ्ले युवतीलाई घर नजिकै रहेको मकैबारीमा लगेर जवरजस्ती करणी गरेको पीडित युवतीले दिएको बयानका आधारमा उनका बुबाले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले तामाङ्लाई गएराती पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । तामाङ्लाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै गत चैत ३ गते हल्दिवारी गाउँपालिकामा १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हल्दिबारी गाउँपालिका २ बस्ने ६५ बर्षीय राजेन्द्र अधिकारीलाई पक्राउ गरि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराई प्रहरी कार्यालयले झापा अदालतबाट म्याद थप गरी अनुसंन्धान शुरु गरिसकेको जनाइएको छ ।