सप्तरी / बलात्कार गरेर भागेका भनिएका एक अभियुक्त १० वर्षपछि घरबाटै पक्राउ परेका छन्। बलात्कारको मुद्दामा आठ महिनाको सजाय पाएका दश वर्षदेखि फारार एक व्यक्तिलाई शुक्रवार प्रहरीले घरैबाट पक्राउ गरेको हाे ।
सप्तरी बरमझियाका ३६ वर्षीय विजय दासलाई प्रहरीले पक्राउ गरेको हो । विसं २०६२ मा सप्तरी जिल्ला अदालतले दासलाई बलात्कारको आरोपमा आठ महिनाको कैद सजाय सुनाएको थियो ।प्रहरी निरीक्षक गौरव महतका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।अभियुक्त दासलाई आईतबार जिल्ला अदालतमा उपस्थित गराई कारागारमा पठाइने प्रहरीले जनाएको छ ।