धरान / स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव समक्ष वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक, चिकित्सक र कर्मचारीहरुको गुनासो सुनेका छन् ।
पार्टीको कार्यक्रममा पूर्व आएका मन्त्री यादवले उपकुलपति कार्यालयको बैठक कक्षमा विभागीय प्रमुख, महाशाखा, शाखा प्रमुख तथा प्राध्यापक चिकित्सक र कर्मचारीहरुसँग राय सल्लाहा लिएका थिए । उनको साथमा स्वास्थ्य सचिव चन्द्र घिमिरेसमेतसँगै थिए ।
डेढ घण्टासम्म मन्त्री यादवले बीपी प्रतिष्ठानका विभागीय प्रमुख, प्राध्यापक चिकित्सक तथा कर्मचारीहरुको गुनासो सुनेका थिए । कर्मचारी, चिकित्सकहरुले प्रतिष्ठानमा भएको समस्या, पदाधिकारी नियुक्ति गर्दा भएका आर्थिक चलखेल, राजनीतिक विकृति र स्वास्थ्य सेवामा भएको समस्याबारे गुनासो राखेका थिए ।
छलफलमा धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले भारतको एम्स मोडेलमा शुरु भएको बीपी प्रतिष्ठानको साँखमा कुनै गिरावट आउन नहुने र यहाँका विकृतीहरु हटाउन सुझाव दिएकी थिइन । प्रतिष्ठान धरानको मात्र गना नभएर मुलुककै गहना भएकाले लक्ष्य अनुसारको कार्यसम्पादनमा सबै कर्मचारी, पदाधिकारी, शिक्षक चिकित्सकहरु लाग्नु पर्ने बताइन ।

बीपी प्रतिष्ठानका विभागीय प्रमुख, प्राध्यापक चिकित्सक तथा कर्मचारीहरुको गुनासो
आर्थिक चलखेल र राजनीतिक आस्थाको आधारमा नियुक्ती गरिदा प्रतिष्ठानको अवस्था बिग्रिएको भन्दै अबको उपकुलपति नियुक्ती गर्दा यस्तो नहोस भनेर अधिकांशले सुझाव राखेको प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले जानकारी दिए । जनशक्ति अभाव, अस्पतालनमा भएको बेड समस्या, आइसियु, एनआइसियु अभाव, डाइलासिसलगायतको समस्याबारे मन्त्रि यादवलाई सम्बन्धित विभागीय प्रमुखहरुले कुरा राखेका थिए ।
अधिकांशले पदाधिकारी नियुक्तीमा हुन चलखेलको बिषयमा गुनासो राखेको छलफलनमा कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले जानकारी दिए ।
निर्माण ठप्प भएको एमसिएच, अंकोलोजी, कार्डियोलोजीलाई सुचारु गर्न साथै आइसियु, डाइलाइसिस सेवा विस्तार गर्न पनि आग्रह गरे । पदाधिकारीबाहेकका डिन, एसिस्टेन्ट डाइरेक्टर, क्याम्पस चिफलगायत आन्तरिक प्रशासनिक नियुक्तीहरुमा पनि निश्चित मापदण्ड बनाएर मात्र नियुक्ती गर्नुपर्ने सुझाव दिए ।

अनियमितता छानविन गर्न अख्तियारलाई जिम्मा
छलफलमा उठेका गुनासोको एकमुष्ठ जवाफ दिदैं सवै समस्या समाधान गर्न फागुन १७ गतेको सिनेट बैठकले एउटा निर्णय गरेको बताए । अव सिनेटको निर्णयलाई कार्यन्वयन गर्नका लागि सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरुलाई निर्देशन दिएका थिए । ‘अव चाढै नयाँ उपकुलपति सरकारले नियुक्त गर्ने र यहाँ भएका सबै समस्या समाधान गर्ने बताए । यहाँ धेरै पीडा भएको मैले सुने, डाक्टरसापहरुले कुरा राख्नु भयो । यहाँको समस्याबारे मन्त्रलाय गम्भीर छ ।’–मन्त्रि यादवले भने–‘यहाँ भएका सबै अनियमितता छानविन गर्न अख्तियारलाई जिम्मा दिइसकेको छ । अनियमितता गर्ने जो कोही कारवाहीको दायरामा आउछन् ।’
मन्त्रिलाई नटेरेको समयमा सिनेट नबोलाएको तथा आर्थिक अनियमिततामा संलग्न भएको भन्दै गत फागुन १७ गतेको सिनेट बैठकले उपकुलपति डा. राजकुमार रौनियारलाई हटाउने निर्णय गरेको थियो । सो निर्णयलाई कुलपति तथा प्रधानमिन्त्रले गत फागुन २६ गते सदर गरे पछि प्रतिष्ठान उपकुलपतिविहिन भएको छ ।

बीपी प्रतिष्ठानलाई स्वायत्त विश्वविद्यलायको रुपमा विकास गर्ने
उनले बीपी प्रतिष्ठानलाई स्वायत्त विश्वविद्यलायको रुपमा विकास गर्न सरकारले निर्णय गरिसकेको बताए । ं ऐन संसोधन गरेर अर्को शैक्षिक सत्र विश्वविद्यालयको रुपमा संचालन हुने जानकारी दिए । उनले अव पदाधिकारी नियुक्ति गर्दा ठेक्कापट्टासमेत नहुने योग्यता र क्षमताको आधारमा गरिने पनि आश्वासन दिए । छलफल अघि उनले प्रतिष्ठानको गेष्टहाउसमा नेकपाका नेताहरुसँग छलफल गरेका थिए ।

केही दिनमै नयाँ उपकुलपति

mantri_disscuss2 copy
उनले केही दिनका लागि अहिले भएका पदाधिकारीबाटै निमित्त उपकुलपति तोकेर बैखाख भित्र नयाँ उपकुलपति नियुक्ति गर्ने जानकारी दिए ।

विरोधमा कालोपट्टी
यता केही कर्मचारीहरुले मन्त्रि यादवले एकलौटी उपकुलपति हटाएको विरोधमा उनी आएको बेला विरोध प्रर्दशन गरेका थिए । हातमा कालोपट्टी बाधेर विरोध गरे पनि प्रहरीले कालो पट्टी खोसेको थियो ।

प्रतिष्ठानको तामेलीमा रहेका मुद्धामा छानविन गर्न नागरिक दवाव

pradarsan यता मन्त्रि परिर्वतन हुने वितिकै स्वास्थ्यमन्त्रिहरुले प्रतिष्ठानलाई प्रयोगशाला बनाएको भन्दैं मन्त्रिहरुले आफ्नो अभिष्ट पुरा गर्न फोहोरी खेल अव पनि नखेलियोस भन्दै धरान उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष प्रविण राईको नेतृत्वमा बीपी प्रतिष्ठान गेट बाहिर प्रर्दशन गरिएको थियो । विभिन्न प्लेकार्डसहित करिव २ सयको संख्यामा वडावासीहरुले प्रतिष्ठानमा भएको अनियमितता, ढिलासुस्ती तथा मन्त्रि हरुले बार्गेनिङ गरेर पदाधिकारी नियुक्ति गर्ने धन्दा अन्त्य गर्न यस्तो दवाव कार्यक्रम गरिएको वडा अध्यक्ष प्रविण राईले जानकारी दिए ।

pradarsan1 copy