‘नाई नभन्नुल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी नायिका आँचल शर्मा छोटो समयमा नै चर्चामा आएकी नायिका हुन् । उनी आफनो अभिनय र फिल्मबाट भन्दा पनि पल शाहसंगको नामको कारण चर्चामा आईन् । कतिले उनलाई पलको कारणले पनि चिनिएकी हुन् भन्नेहरुको कमी थिएन । तर आजबाट रिलिज भईरहेको चलचित्र ‘शत्रु गते’ हेरेपछि भने आँचलको पनि प्रशंसा गर्ने बढ्नेछन् ।

‘शत्रु गते’ हेरेपछि दर्शकहरुले आँचलको प्रशंसा गरेपछि उनी भावुक बनेकीछिन् । दर्शकहरुले आँचलको नाम लिईदै चियरअप गरेपछि सञ्चारकर्मीहरुसंग बोल्नेक्रममा उनी रोएकी थिईन् । उनले आँखाभरी आँसु बगाउँदै उनले भनिन् “पल जी र मेरो हरेक सीन आउँदा म त्यही सिचुएसनमा साँच्चीकै छ की झैँ फिल भयो ।”

पलले पनि चलचित्र हेर्दा आफु पनि रोएको बताए । मल्टिस्टारर भए पनि ‘शत्रु गते’ को कथाबस्तु पल र आँचलमाथि नै घुमेको छ । टिकट बुकिङमा नै आक्रमकरुपमा प्रस्तुत भएको चलचित्र धेरै जसो हल हाउसफुल रहेको छ । ‘शत्रु गते’ हेर्न पुगेका दर्शकहरुसंगै निर्माण युनिट हलमा पुगेको थियो ।

जात्रा’ निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक(दीपा ,शिवहरी पौड्याल , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , बसुन्धरा भुषाल , किरण केसी , राजाराम पौड्याल , नरेन्द« कंसकार लगायतका हाँस्य कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा रमिला आचार्य र यशोदा सुवेदीको लगानी रहेको छ भने कार्यकारी निर्माता भने किरण केसी रहेका छन् ।