तेह्रथुम/पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई संक्रान्ति बजारका अग्निपीडितको सहयोगका लागि घोषण गरेको १ करोड रुपैयाँसहितको विशेष राहत प्याकेज उपलब्ध नभएपछि पीडितहरू चिन्तित भएका छन् ।
गत पुस १ मा आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा भएको भीषण आगलागी क्षेत्रको पुस १९ गते स्थलगत निरीक्षण तथा अग्निपीडितसँग भेटेपछि पूर्व प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीदैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गरेका थिए । गृह मन्त्रालयबाट पीडितहरूको पुनस्र्थापना तथा पुनर्निर्माणनिम्ति १ करोड उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयको सहमति माग भएकोमा सहमति भएपछि घोषणा भएको १ करोड पीडितलाई उपलब्ध नभएको हो ।
अग्निपीडित परिवारलाई ‘व्यवसाय पुनस्र्था्पित गर्न बिनाधितो न्यूनतम् ब्याजदरमा ऋण दिने’ प्रधानमन्त्रीले भाषणमा उल्लेख गरे । तर, अहिले सम्म कसरी, कहाँबाटा उपलब्ध हुने थाहा नभएको ताप्लेजुङबाट संक्रान्ति बजार आई व्यापार गर्दै आएका पीडित दिपेश प्रसाईंले दुखेसो पोखे । ‘लाखौंको लागानीको व्यापार खरानी भएको छ,’ पीडित प्रसाईंले भने, ‘राहात प्याकेज घोषणाले व्यापार पुनस्र्थापनामा सहयोग हुने आशा थियो, तर राहत प्याकेज भाषणमा मात्र सीमित भयो ।’ तेह्रथुमको संक्रान्ति बजारमा भएको भीषण आगलागीबाट २६ घरपरिवारको ३२ घर जलेर पूर्ण रूपमा नष्ट हुँदा ७३ परिवार विस्थापित भएका थिए । संक्रान्ति बजारमा प्रधानमन्त्री दाहालले आगलागी पीडितका लागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडित परिवारलाई पुनर्निर्माण तथा व्यवसाय पुनस्र्था्पित गर्न बिनाधितो न्यूनतम् ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रान्ति बजारमा बृहत् खानेपानी आयोजनासहितको फायर हाइडे«ल सञ्चालन, दमकल खरिद, संक्रान्ति बजारमा चाँडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिदिनेसमेत प्याकेजमा घोषणा गरे पनि पीडितले भने कुनै राहत अनुभूत गर्न नपाएको पीडितको भनाइ छ ।
प्रधानमन्त्री दाहालले तत्कालै संक्रान्ति बजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरू पुनस्र्थापनाका लागि सम्बन्धित ठाउँमा निर्देशन दिइसकेको र तत्कालै बैंकका शाखाहरू पुनस्र्थापना गर्न आवश्यक पहल गरिने बताए पनि आठराईवासीले सरकारी बैंकको सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्ये बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय शिक्षक सोम गौतमले बताए ।त्यस क्षेत्रको विकासनिम्ति तमोर जलशाययुक्त आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–बसन्तपुर सडकखण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका साविक ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था गर्न बजेट कार्यक्रममार्पmत रकम छुट्याइने पूर्व प्रधानमन्त्री दाहालले आश्वासन दिएका थिए । तर, ८ महिनाअघि पूर्व प्रधानमन्त्री प्रचण्डले घोषणा गरेको राहत प्याकेजका चिप्ला भाषण अहिले स्थानीयका लागि फुस्रा बन्दै गएका छन् ।