धरान। बराहक्षेत्र नगरपालिका–१ चतराघाटस्थित दूधपानी खोलामा बगेर बेपत्ता भएकी १८ वर्षीया अनिता राईको शव फेला परेको छ ।

प्रहरीका अनुसार राजाबासस्थित २६/८८ नोजदेखि करिब १५० मिटर तल सप्तकोशी नदी किनारमा आज बिहान उनको शव भेटिएको हो ।

अनिता राई दुई दिनअघि बुबा जीवन राईसँग बराहक्षेत्र मन्दिर दर्शन गरेर फर्कने क्रममा दूधपानी खोलाले बगाएको थियो । उक्त घटनामा बुबा जीवन राईलाई भने स्थानीयवासीले त्यही दिन सप्तकोशी नदी किनारबाट जिवितै उद्धार गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।