कोलम्बो/श्रीलङ्कामा मनसुन पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारकार्यको लागि हजाराैँ सैनिक तैनाथ गरिएको छ ।
एक दशकयताको भीषण बाढीको रुपमा आएको यस प्रकोपपछि अन्यन्त प्रभावित द्विपबाट विस्थापित भएका करिब पाँच सर्वसाधारणको लागि उद्धार साम्रगी आपूर्तिको लागि ती हजाराैँ सैनिक तैनाथ गरिएको हो ।
श्रीलङ्कामा आएको यस भीषण बाढीपहिरोमा परी हालसम्म १६९ व्यक्तिको मृत्यु भइसकेको छ । सो प्रकोपका कारण पाँच लाख व्यक्ति विस्थापित हुनुपरेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् ।
सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा गत शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढिपहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो भने, ती व्यक्तिको उद्धार सामग्री आपूर्तिको लागि हजाराँै सैनिक तैनाथ गरिएको छ ।
उक्त बाढी र पहिरोमा परी हालसम्म १६९ जनाको मृत्यु हनुको साथै १०२ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ । साथै यस प्रकोपमा परी घाइते भएका ८८ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।
श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी पश्चिमी क्षेत्रका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढिपहिरो विगत १४ वर्षपछिको सबैभन्दा भयाङ्कर भएको बताइएको छ ।
समथर भू–भाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् । यस प्रकोपमा मारिएका १६९ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मृत्यु भएको श्रीलङ्काका स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताए ।
उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थातथलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिविरमा लग्नुपरेको थियो ।
सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घ संस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाको खोजीलाई निरन्तरता दिएको छ ।
संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ सङ्गठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढिपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् ।
श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यसवर्ष परेको भीषण वर्षातले दुई सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए । रासस÷एएफपी