सुनसरी । सुनसरीको इटहरीमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।
इटहरी उपमहानगरपालिका अगाडिबाट सुरु भएको प्रदर्शनका क्रममा ढुंगामुढा भएपछि प्रहरीले लाठीचार्ज गर्दै गोली प्रहार गरेको हो। घटनापछि इटहरी बजार क्षेत्रमा स्थिति तनावग्रस्त बनेको छ।
अवस्था झन् बिग्रिन सक्ने आकलन गर्दै प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको स्रोतले जनाएको छ।