काठमाडौँ । भर्खरै आएको राजीनामा पनि प्रधानमन्त्री ओलीले स्वस्फूर्त नभई नेपाली सेनाका प्रधानसेनापतिको आग्रहमा राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । 

ओलीले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै राजीनामा दिएको दाबी गरे पनि भारतीय मिडिया आजतकका अनुसार प्रधानसेनापति अशोकराज सिग्देलले आग्रह गरेपछि मात्रै राजीनामा दिएको उल्लेख गरिएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन् ।

Screenshot 2025-09-09 at 15.03.38

नेपालमा सोमबार जेन जी पुस्ताको आन्दोलनको क्रममा १९ जना निहत्थाको हत्या गरिएपछि सरकार निर्मम भई देशभरका विभिन्न भागमा कफ्र्यु लगाएको थियो । उक्त कफ्र्युपश्चात् पनि जेन जी पुस्ताहरुले विभिन्न स्थानमा आन्दोलन गरेका थिए । आन्दोलन हाल हिंस्रक बनिरहेको छ । कतिपय मन्त्रीका घर तथा मन्त्रि निवासहरु आगजनी गरेका छन् । यस्तो परिस्थिति हुँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिएनन् । 

उनी राजीनामा नदिने पक्षमा देखिएका थिए । उनको बाल हठलाई गलाउन प्रधानसेनापतिले नै आग्रह गर्नुपरेको समाचारमा उल्लेख गरिएको छ ।