काठमाडौं । सोमबार राजधानीमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा १४ जनाकाे मृत्यु भएकाे छ ।

प्रहरीको रबरको गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको चिकित्सकहरूले जनाएका छन्।

प्रदर्शन नियन्त्रणका क्रममा गरिएको प्रहरीको बल प्रयोगपछि स्थिति थप जटिल बनेको हो।  सुरक्षाको चुनौती बढेपछि दिउँसो १२:३० बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश लागू गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । तर पनि आन्दोलन रोकिएको छैन। नयाँ बानेश्वर क्षेत्र अझै तनावग्रस्त रहँदा घाइतेहरूको आधिकारिक तथ्यांक सार्वजनिक हुन बाँकी छ।