तेह्रथुम जिल्लामा म्याङलुङ र लालीगुराँस नगरपालिका गरी दुई नगरपालिका छन् । यसैगरी आठराई गाउँपालिका, फेदाप गाउँपालिका, मेन्छ्येम गाउँपालिका र छथर गाउँपालिका गरी चारवटा गाउँपालिका छन् ।

तेह्रथुम / स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिकाका विभिन्न दलका उम्मेदवारका आकाङ्क्षीको प्रतिस्पर्धा शुरु हुन थालेको छ । नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रमा विशेषगरी नगरपालिकाका प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै देखिएका छन् । जिल्लामा म्याङलुङ नगरपालिका, लालीगुराँस नगरपालिका गरी दुई नगरपालिका छन् । यसैगरी आठराई गाउँपालिका, फेदाप गाउँपालिका, मेन्छ्येम गाउँपालिका र छथर गाउँपालिका गरी चारवटा गाउँपालिका छन् । जिल्लामा ५६ मतदान केन्द्र र ८२ उपकेन्द्र छन् ।

४३ वडा रहेको जिल्लामा ६० हजार ७ सय ४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १४ वटा दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता (अभिलेखीकरण) गरेका छन् । जसमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), जनसमानवादी पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्च नेपाल, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, पूर्व राष्ट्रिय सेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । जिल्लामा काङ्ग्रेस, एमाले, माओवादी केन्द्रले नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखको टिकट लिन जिल्लादेखि पार्टीका केन्द्रीय नेतासमक्ष लबिङ गर्न थालेको चर्चा छ । जिल्लामा रहेका ६ वटै स्थानीय निकायमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा बढी देखिन्छ भने माओवादी केन्द्र र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान मञ्च नेपालको पनि केही प्रभाव रहेको छ । अन्य दलको चर्चा भने कम रहेको छ ।

म्याङलुङ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट म्याङलुङ नगर प्रमुखमा पार्टी उपसभापति अर्जुन तुम्वाहाम्फे, कोषाध्यक्ष कमल सुब्बा र राजेन्द्र ढुङ्गाना, नेकपा एमालेबाट नगर प्रमुखमा उपाध्यक्ष सञ्जय तुम्वाहाम्फे, उपसचिव भूपतिलाल श्रेष्ठ र पिप्ले गाविसमा दुईपटक अध्यक्ष भइसकेका जिल्ला कमिटी सदस्य ज्ञानबहादुर खत्री र उपप्रमुखमा प्रदेश कमिटी सदस्य शारदा कोइराला, जिक सदस्य पार्वतीसानु डाँगी, जमुना सुवेदीको नाम चर्चामा छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा केन्द्रीय सल्लाहकार काजी तुम्वाहाम्फे, जिल्ला कमिटी सदस्य नेत्र सोदेम्बा, प्रेमकाजी खड्का र रमेश घिमिरे उपप्रमुखमा जिल्ला सदस्य नारायणलाल श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष विमला फुयाँलको नाम चर्चामा छ । लालीगुराँस नगरपालिकामा नेपाली काङ्ग्रेसबाट नगर प्रमुखमा नगर सभापति अर्जुन माबुहाङ र नेकपा एमालेबाट जिल्ला कमिटी अध्यक्ष लक्ष्मण तिवारी, जिल्ला कमिटी सदस्य गणेश सेने र वीरबहादुरकोे नाम चर्चामा छ । माओवादी केन्द्रबाट प्रमुखमा नगर अध्यक्ष तेजेन्द्र कुरुङवाङ, केन्द्रीय सदस्य धर्म खड्का र नगर उपाध्यक्ष ईश्वर श्रेष्ठ, उपप्रमुखमा जिल्ला कमिटी सदस्य सिम्पल पिठा, प्रेमा अधिकारी र छिरिङ लामाको नाम चर्चामा छ । मेन्छ्येम गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट गाउँपालिका प्रमुखमा श्रीकृष्ण भट्टराई, एमालेबाट जिल्ला कमिटी सदस्य तथा पूर्व पौठाक गाविसमा दुईपटक अध्यक्ष भएका नेत्रप्रसाद पन्धाक, जिल्ला कमिटी सदस्य यादव खापुङ र उपप्रमुखमा जिल्ला कमिटी सदस्य दिलकुमारी शङ्कर र पुष्पा गौतमको नाम चर्चामा छ । माओवादी केन्द्रबाट गाउँपालिकाको प्रमुखमा फुर्वी शेर्पा, बमबहादुर पन्धाक र चन्द्रशेखर भट्टराई, उपप्रमुखमा वसन्तसिंह खापुङ, जीतकुमारी थापा र सुभद्रा पन्धाकको नाम पार्टीले सार्वजनिक गरेको छ । फेदाप गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट गाउँपालिका प्रमुखमा महाधिवेशन प्रतिनिधि केशव भेटवाल र चन्द्र मादेम्वा, एमालेबाट जिल्ला कमिटी सदस्य छत्र रिमाल, पूर्व गाविस अध्यक्ष हरि चोङवाङ, टङ्क खड्का, माओवादी केन्द्रबाट जिल्ला सचिवालय सदस्य राम कुरुङवाङ, जिल्ला कमिटी सदस्य चेतन सुवेदी र ताराप्रसाद भट्टराई, उपप्रमुखमा फेदाम गाप संयोजक शिव कुरुङवाङ, जिल्ला कमिटी सदस्य मुना भट्टराई र ओम लम्सालको नाम चर्चामा छ । आठराई गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट नारायण इङनाम, नारायण डाँगी, महाधिवेशन प्रतिनिधि भीष्म थपलिया, नेकपा एमालेबाट पूर्व पार्टी सचिव विष्णुविक्रम सुब्बा, प्रदेश सदस्य रामचन्द्र थपलिया, जि.क. सोम गौतम, प्रेमराज फेम्बो र उपप्रमुखमा रुपा कन्दङ्वा, माओवादी केन्द्रबाट केन्द्रीय सल्लाहकार डम्बर इङनाम, भीम कन्दङ्वा र रघु गौतम, उपप्रमुखमा जिल्ला सचिवालय सदस्य श्रीजना लामा फोम्बो, चुहानडाँडा गाउँ कमिटी सचिव अञ्जना लिम्बू, केन्द्रीय सदस्य चुडामणि बरालको नाम चर्चामा छ । छथर गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, टेकराज तिगेला र किसान सङ्घका जिल्ला अध्यक्ष नारायण सुब्बा, एमालेबाट राजेन्द्र लेगुवा, धर्म खुलाल, सन्तोष तिगेला, पुण्य ढकाल र उपप्रमुखमा जि.स. तारा ढकाल, माओवादी केन्द्रबाट पाटी संयोजक इन्द्र इङसम, जिल्ला सचिवालय सदस्य तेजबहादुर कट्वाल, छथर पालिका संयोजक अनील आङ्खेवा, उपप्रमुखमा जिल्ला कमिटी सदस्य चुना खुलाल, पूर्व हमरजुङ गाविसका अध्यक्ष नरेन्द्र कार्की, जिल्ला कमिटी सदस्य फुर्वा शेर्पा, झमक लिम्बू, रेनुका ढकालको नाम चर्चामा छ । राजनीतिक संवाद समिति जिल्लामा नेपाली काङ्ग्रेस र माओवादीबीच सहकार्यको लागि नेपाली काङ्ग्रेस पार्टी सभापति गोविन्द ढुङ्गाना, सभाषद् सीता गुरुङ, सभाषद् गणेश विमली, पूर्व सभाषद् तुलसी सुब्बा र पूर्व पार्टी सभापति रामनारायण ढुङ्गाना रहेको सम्वाद समिति पनि गठन भएको छ । समितिले एमालेको अवस्था जिल्लाव्यापी राम्रो देखिएकाले एमाले बाहेकका अरु दलसँग छलफल गरी सहकार्य गर्ने जनाएको छ ।