बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकाश माध्यमिक विद्यालय भवनको छतबाट पानी चुहिएपछी पढाईमा बाधा भएको छ ।
मंगलबार रातीवाट भएको वर्षाले भवनको छतबाट पानी चुहिएको छ । कक्षा कोठामा पानी जमेपछि पठनपाठनमा अवरोध भएको विद्यालयले जनाएको छ ।
निर्माण ठेकेदारले टालटुले काम गर्दा बषाृतमा भवनबाट पानी चुहिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीले बताए ।
पानी पर्यो भने केटाकेटीले पढाई छोडेर हातमा झाडु लिएर पानी सोहर्न पर्ने अध्यक्ष कार्कीले बताए । ३ वर्ष अगाडि २ करोड ३९ लाख रुपैयाँको बजेटमा बिद्यालयको ५ वटा कोठाहरु निर्माण गरिएको प्रधानअध्यापक चुडामणि खनालले बताए ।