डा. कविताराम श्रेष्ठ २००४ साल माघ ११ गते ओखलढुङ्गामा जन्मिएका हुन् । २०१८ देखि धरान–१८ र काठमाडौ“–३२ का बसिन्दा श्रेष्ठ हाल बेलायतमा स्थापित छन् । बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित श्रेष्ठले सन् १९९७ मा भारतको गोरखपुर विश्वविद्यालयबाट समाजशास्त्रमा पीएचडी गरे । युके, अमेरिका र नेपालमा उनले प्राध्यापन गरे । नेपाली साहित्यमा २०२४ सालतिरै सक्रिय डा. श्रेष्ठ ‘अस्वीकृत आन्दोलन’ को घोषणापत्रसहित २०२६ सालमा ‘अस्वीकृत जमात्’ लिएर देखा परेका हुन् । नेपालबाट ३५, अमेरिका र भारतबाट अङ्ग्रेजीमा एक–एक गरी उनका ३७ वटा पुस्तकहरू प्रकाशित छन् । बुटपालिसजस्तो चर्चित आन्दोलन गर्ने डा. श्रेष्ठको योगदान नेपाली साहित्यमा अतुलनीय छ । विभिन्न राजकीय गरिमामय जिम्मेवारीसमेत सम्हालिसकेका उनै डा. श्रेष्ठस“ग गरिएको कुराकानीको सम्पादित अंशः
  • अस्वीकृत विचार के हो ? -समाजमा भएका अप्रगतिशील, अप्राकृतिक, असामाजिक, अमानवीय विसङ्गतिविरुद्ध यथार्थपरक परिष् कारका लागि युद्धचेतनायुक्त प्रतिपक्षीय विचार नै अस्वीकृत विचार हो ।
  • अस्वीकृत विचारको जन्म कहिले, को–कोबाट भएको थियो ? -अस्वीकृत विचार नयाँ होइन । विचार वा सोचका धनी मान्छे जातिले उद्विकासको क्रममा जुन बेला पहिलोपल्ट विचार प्रयोग गरेर कुनै पनि नयाँ कार्य ग¥यो, त्यही बेला ‘अस्वीकृत विचार’ को शुरुआत भयो । पूर्ववत् स्थितिलाई अस्वीकार गरी नयाँ विकसित युगको शुरुआत ‘अस्वीकृत युग’ को शुरुआत होे । त्यो प्रक्रिया ढुङ्गेयुगदेखि आज अन्तरिक्ष युगसम्म निरन्तरित छ, भविष्यमा पनि अनन्त छ । नेपाली साहित्यमा भने २५ सालतिर पञ्चायती अप्रगतिशील निरङ्कुश शासनविरुद्ध केही विद्रोही युवा साहित्यकारहरूका कलमबाट प्रतिपक्षीय साहित्यको शुरुआत हुँदै गरेको थियो । नेपाली साहित्यमा पहिलोपल्ट [caption id="attachment_23535" align="aligncenter" width="797"] बुटपालिस आन्दोलन[/caption] अस्वीकृत जमात्को घोषणा ‘सञ्जीवनी’ भन्ने समसामयिक साहित्यिक पत्रिकाको माध्यमबाट २६ सालमा भयो । त्यसका सम्पादक म र नेपालभूषण न्यौपाने थियौँ तर ‘अस्वीकृत जमात’ र ‘अस्वीकृत साहित्य आन्दोलन’ को अवधारणा भने २५ सालमै मैले र शैलेन्द्र साकारले बनाएका थियौँ । यसमा अनवरत् सक्रियता साथ पुष्कर लोहनी, प्रकाश ‘प्रेमी’, प्रेमनारायण ‘प्रेमी’, ब.आ. कनकद्वीप, कुमार नेपाल, भाउपन्थी, अञ्जीर प्रधान ‘पीडित’, काशीनाथ तमोट, साकेत बिहारी ठाकुर, मोहनसिंह, जगतरञ्जन, नवीनप्रकाश जङ्ग शाह र इन्द्र राजभण्डारीको पनि अग्रता थियो । मुखपत्रकै रूपमा दर्ता नभएका तीनवटा समसामयिक साहित्यिक पत्रिकाहरू थिए । ती हुन् ः ‘मन्त्र’ (सम्पादक ः शैलेन्द्र साकार र कविताराम श्रेष्ठ), सञ्जीवनी (सम्पादकः कविताराम श्रेष्ठ, पुष्कर लोहनी र नेपालभूषण न्यौपाने) र ‘रेषा’ (सम्पादकः अञ्जीर प्रधान) ।
  • अस्वीकृत विचार आन्दोलनले समयलाई दास बनाउछ भन्नुभएको छ, त्यसको अर्थ के हो ? -अस्वीकृत विचार आन्दोलन युगलाई आप्mना प्रगतिशील सोचअनुरूप परिवर्तन गर्ने वा हाँक्ने कसरत हो । सत्ताले आप्mनो सत्ता सदा कायम राखिरहन कुनै परिवर्तन चाहँदैन, यथास्थितिवादी हुन्छ । परिवर्तनकामी सर्जक भने कुनै युगसापेक्ष भाट भएर रहँदैन अपितु युगलाई नै धकेलेर, त्यसलाई अस्वीकार गर्दै आप्mना सोचका प्रगतिशील परिवर्तनको लागि सङ्घर्षशील हुन्छन् । समयको दास ऊ हुन्न, समय उसको दास हुन्छ ।
  • अस्वीकृत साहित्यको मान्यता चाहि के हो त ? -पुराना, जीर्ण र अनुपयोगी मान्यताहरूलाई अस्वीकार गर्दै स्वाभाविक परिवर्तनकामी मान्यताको लागि गरिने सङ्घर्ष अस्वीकृत साहित्यको अभीष्ट हो । मैलेचाहिँ यस चिन्तनलाई ‘स्वभाववादी चिन्तन’ भन्ने गरेको छु । मैले व्याख्याएको स्वभाववादी चिन्तन एउटा सामाजिक चिन्तन हो । साहित्यिक माध्यमबाट यो सङ्घर्ष हुँदा यसलाई ‘अस्वीकृत साहित्य’ भनेर नाम दिइएको हो । अतः अस्वीकृत साहित्यको मान्यता कलात्मक अभिव्यक्तिका साथ अनुपयोगी मान्यतालाई धराशायी गर्दै जीवनोपयोगी मान्यता प्रतिपादन गर्नु रहेको छ । स्वभाववादी चिन्तनबाट निःसृत अस्वीकृत साहित्यले वस्तुगत दृष्टिकोण राख्दछ, पार्थिव इन्द्रियद्वारा प्रत्यक्ष अनुभूत नहुने तथ्यहरूलाई प्रामाणिक मान्दैन । आपूm उभिएको भूमिबाट जीवनको परिभाषा लेख्दछ, भौतिक आवश्यकताको परिपूर्ति मान्छेको सही र प्रथम आवश्यकता हो तथा सम्पूर्ण मानव जातिको त्यसमा समान अधिकार छ भनेर मान्दछ । पूर्ववर्ती समस्त उपयोगी मान्यताहरूको जगमा नयाँ प्रगतिशील मान्यताहरूको प्रतिपादनको लागि यसले बाटो प्रशस्त गर्दछ ।
  • वर्तमान नेपाली साहित्यमा अस्वीकृत मान्यताको स्थिति कस्तो छ ? -अस्वीकृत मान्यता हर कालमा रहन्छ । एउटा सबल मान्यता सधैँ अस्वीकृत रहँदैन । त्यो स्वीकृतिको लागि सङ्घर्ष गर्दागर्दै एक समयमा विजय प्राप्त गरी स्वीकृत हुन्छ । हरेक पक्षका सुधारका विकल्पहरू हुन्छन् । विकल्प परिष्कारको लागि उत्पन्न हुन्छ । परिष्कारको थालनी एउटा अस्वीकृत स्थिति हो । स्वीकृत स्थितिले त्यसलाई स्वीकार्दैन । अतः त्यो अस्वीकृत रहन्छ । जबसम्म विकासको चाहना हुन्छ, त्यहाँ परिष्कारको लडाइँ हुन्छ । मान्छे भन्ने चेतनशील प्राणीमा हर्दम विकासकै चाहना हुन्छ । त्यसै अर्थमा अस्वीकृत आन्दोलन कुनै पनि समाजमा, कुनै पनि युगमा सधैँ हुने एउटा प्रक्रिया हो– विकासको शाश्वत प्रक्रिया । यो थियो, छ र हुनेछ । कुनै पनि मान्यताले स्वीकृति पाउनेबित्तिकै त्यसैको सुधारको लागि अर्को आन्दोलन शुरु हुनेछ । जहाँ सङ्घर्ष सिद्धियो भनिन्छ, त्यहाँ नै प्रगतिको क्रम अवरूद्ध हुन्छ । त्यो प्रगतिशीलता होइन । हरेक राजनीतिकर्मीहरू आफ्नो दुनो सोझिनासाथ थप सङ्घर्षप्रति निरुत्साहित हुन्छन् । अझ भन्ने नै हो भने उसको दुनो गुम्ने डरमा प्रगतिशील सङ्घर्षलाई निरुत्साहित गर्न लाग्दछ । या त उनीहरू सङ्घर्षशीलतालाई किनेर भाटगिरीमा परिणत गराउन लाग्छन् या असामाजिक तत्वको अवगाल दिँदै त्यसमाथि दमन शुरु गर्दछन् । सही साहित्यकर्मी तथा कलाकर्मी कदाचित् भाट रहन सक्दैन । हरेक विसङ्गतिविरुद्ध उनको चेत जागरुक रहेको हुन्छ । कतै ऊ रोकिन्न । ऊ सदा सङ्घर्ष, खबरदारी र विद्रोहमा जीवन्त भइरहन्छ ।
  • अस्वीकृत जमात्को साहित्यिक उपादेयता कस्तो छ ? -अस्वीकृत जमात्ले शुरु (०२६) देखि नै पूर्णरूपमा जीर्ण मान्यताहरूको जग हल्लायो । पृष्ठपोषकहरूलाई तिलमिलाइदियो । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धका सङ्घर्षको अभीष्टलाई टेवा पु¥यायो । सबैभन्दा महत्वको कुरो कार्यगत एकताका लागि एउटा नमूना नै भयो– काङ्ग्र्रेस, कम्युनिस्ट वा स्वतन्त्र सबै किसिमका सहयोद्धाहरूको सहभागिता थियो यस आन्दोलनमा । साहित्यले समाजमा अगुवाको काम गर्नुपर्छ । पहिले यस जमात्ले निरङ्कुश मान्यताहरूका विरुद्ध सङ्घर्षमा संयुक्त मोर्चा कस्यो । राजनीतिक परिसरमा त २० वर्षपछि २०४६ सालमा मात्र संयुक्त जनआन्दोलन भयो । अस्वीकृत जमात्को साहित्यिक उपादेयता यही भयो, यसले संयुक्त मोर्चाको नमूना दिएर समाजलाई नै मार्गनिर्देशन ग¥यो । अस्वीकृत आन्दोलन नेपालमा कार्यगत एकताको पहिलो नमूना हो– नेपाली इतिहासमा यो सुनौला अक्षरले लेखिनुपर्छ । तपाईंले बुट पालिसजस्तो चर्चित आन्दोलन पनि गर्नुभयो । नेपाली साहित्यिक आन्दोलनमा बुट पालिसको महत्व कस्तो छ ? बुटपालिस आन्दोलन पनि पञ्चायती निरङ्कुश शासनविरुद्ध नै गरिएको एकदिने साहित्यिक आन्दोलन हो । यो आन्दोलन २०३१ साल असोज १२ गते शनिबार दिनभरि काठमाडौँको नयाँ सडक, पिपलबोटबाट पूर्वस्थित सभागृहको पेटीमा बसी साहित्यकारहरूले ‘युवा लेखन प्रकाशनार्थ बुट पालिस’ भन्ने पर्चा टाँसेर गरिएको थियो । अस्वीकृत विद्रोही साहित्यकारहरूका कृति वा पुस्तक नछापिने स्थितिलाई व्यङ्ग्य गरेर अब सहित्यकारहरू आप्mनै श्रमबाट आर्जन गरी पुस्तक छाप्ने आन्दोलनमा लाग्यौँ भन्ने सन्देश दिन हामीले यो अभियान ग¥यौँ । यसका आयोजक अस्वीकृत जमातका अभियन्ताद्वय म र शैलेन्द्र साकारका साथै मोहन घिमिरे र ध्रुव सापकोटा थियौँ । यसमा अस्वीकृत जमात्का भाउपन्थीका साथै नारायण ढकाल, सन्तोष भट्टराई, विश्वनाथ न्यौपानेको अग्रणी साथ थियो । पछि अपराह्नसम्ममा यो पालिसेको लाम बढेर ३० जनाभन्दा बढी पुग्यो, जसमा प्रेम कैदी र आनन्द आचार्यसमेत थिए । लाम बाहिरबाट समेत धेरैले साथ दिइरहेका थिए, जसमा नगेन्द्रराज शर्मा र भवानी घिमिरेसमेतको सक्रियता थियो । बालकृष्ण सम त्यस बेला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति थिए । उनले पनि हामीसँग बुट पालिस गराएर आर्थिक सहयोग गरेका थिए । धेरै गन्यमान्यहरूको आगमन भएको थियो । दिनभरि हाम्रो अभियान सफलतापूर्वक सम्पन्न भए तापनि बेलुका हामी सिआईडी पुलिसहरूबाट कुटिएका थियौँ । यसै अभियानलाई साथ दिन भोलिपल्ट प्रगतिशील समूहका विद्यार्थीहरूले त्रिचन्द्र कलेजमा र प्रजातान्त्रिक समूहका विद्यार्थीहरूले कीर्तिपुर क्याम्पसमा बुट पालिस गरेछन् र सङ्कलित रूपैयाँ हामीलाई बुझाउन ल्याएका थिए ।
  • अस्वीकृत आन्दोलनको निरन्तरताका लागि के गरिदै छ ? परिष्कारको खोजी नै अस्वीकृत आन्दोलन हो । जबसम्म समाज निरन्तरित रहन्छ, यो कुनै पनि नाममा होस् निरन्तरित रहनेछ । हिजो मसँग साथीहरू थिए । टाउकोको गन्ती देखाउन त्यस बखत जरुरी थियो र सङ्ख्या बढाउन म कार्यरत् थिएँ । आज त्यसको जरुरी देख्दिनँ । हरेक सङ्घर्षशीलहरूका कलममा यो आन्दोलन जारी छ र सदा जारी रहनेछ । यस लडाइँमा अलिकति भए पनि विद्रोही सर्जकहरूलाई केही टेवा पुगोस्, त्यसैको लागि मैले आफ्नो सम्पूर्ण लेखकस्व, लेखकीय पुरस्कार तथा आम्दानीहरू जीवनभरका लागि अक्षयकोषमा गुठी राखिदिएको छु– ‘अस्वीकृत विचार पुरस्कार साहित्य गुठी’ नामका साथ । यसले स्थापना भएको वर्ष ०५४ सालदेखि हरेक वर्ष एक–एकजना सत्ताद्वारा सीमान्तिकृत विद्रोही सर्जकलाई पुरस्कृत गर्दै आएको छ । यस संस्थाले २०७३ सम्म १९ राष्ट्रिय–अन्तर्राष्ट्रिय नेपाली साहित्यकारहरूलाई पुरस्कार र ६ जनालाई सम्मान प्रदान गरिसकेको छ ।
  • अन्त्यमा केही भन्नुहुन्छ कि ? पहिला त मलाई पाठकहरूसामु लैजाने ब्लाष्ट परिवारलाई हार्दिक धन्यवाद दिन्छु । दोस्रो, के भन्न चाहन्छु भने यो छोटो अन्तर्वार्ताले अस्वीकृत विचार साहित्यिक आन्दोलनको इतिवृत्तान्त समेट्न सक्दैन, सकेको छैन । यसका लागि मेरा हरेक कथा, उपन्यास, नाटक वा निबन्ध सङ्ग्रह हेर्न निवेदन गर्दछु । साथै कवितारामका अस्वीकृत मान्यता (कौशिकी प्रतिष्ठान, २०५९, अन्तर्वार्ता सँगालो), बहुमुखी प्रतिभाः डा. कविताराम (समालोचनाको सँगालो), तन्नेरी प्रकाशन–२०५०, डा. कवितारामः जीवनी व्यक्तित्व र कृतित्व (शोधकृति, गोपालप्रसाद खतिवडा) साथी प्रकाशन, २०६६ ले प्रकाशित गरेका छन्, ती हेर्न अनुरोध छ । साथै त्रिभुवन विश्वविद्यालयका नेपाली साहित्यका विद्यार्थीहरूले मेराबारेमा ५ भन्दा बढी एमएको शोधपत्र तयार गरेका छन् ती अध्ययन गरेमा अझ बुझिएला । यी सबैमा ध्यान राख्न मेरो विशेष अनुरोध छ ।