योगेशबाबु काफ्ले धरान÷ नेपाल सरकारको स्वास्थ्य क्षेत्र सुधार ऐनले गरेको ब्यबस्था अनुसार हरेक नागरिकले बिरामी भएको तिस मिनेट भित्रमा सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार पाउनु पर्ने ब्यबस्था गरेको छ । स्वास्थ्य मन्त्रालयले मातहतका सबै निकायलाई जनताले ‘अनुभुती गर्ने गरि’ सेवा प्रबाह गर्न परिपत्र पनि गरीसकेको छ । तर सरकारले गरेको ब्यबस्था कर्मचारीको भाषण,निर्णय र परिपत्रहरुमा मात्र सिमीत भएको छ । Health-438x400 नागरिकहरुले सरकारी सेवा समानरुपले उपभोग गर्न पाउने अधिकार पाउन सकेका छैनन । यस्ता कार्यक्रमलार्य नागरिकले सरकारका ‘गफ’को रुपमा बुझ्न बाध्य भएका छन् । सरकारी सेवाको पहुच पुग्ने ठाउका नागरिकहरुपनि सरकारी स्वास्थ्य सेवाको बारेमा जानकार छैनन् । सरकारी सेवालाई जनस्तर सम्म पु¥याउन बनेका राज्यका संयन्त्रहरुले पनि ‘जनपक्षिय काम गर्न ’ सक्रियता नदेखाउदा सरकारी स्वास्थ्य सेवाको प्रभाबकारीता निराशजनक बनेको देख्न सकिन्छ । क्षेत्रिय स्वास्थ्य निर्देशनालय,जिल्ला स्वास्थ्य कार्यलय र मातहतका निकायले सरकारी निर्देशन पालनालाई अटेर गर्ने गरेका कारण सर्बसाधरण निजी क्लिनिक तथा अस्पतालहरुमा महङगो रुपैया खर्च गरेर स्वास्थ्य उपचार गराउन बाध्य छन् ।जिल्ला अस्पतालहरुमा प्रयाप्त चिकित्सक नहुनु,भरपर्दो ल्याब सेवा नहुनु,अस्पतालमा चुस्त ब्यबस्थापन नभएकै कारण आम सर्बसाधरणले सरकारी स्वास्थ्य सेवा पाउन नसकेका हुन ।सानो भन्दा सानो रोगमा पनि सरकारि स्वास्थ्य सेवाको महसुस गर्न नपाएको गुनासो सर्बसाधरणको छ ।सरकारि योजना बन्ने तर पुरा नहुने भएपछि सर्बसाधरणको सरकारि सेवा प्रति पत्यार लाग्न छाडेको वडा नागरिक मञ्च धरान –९ का संयोजक रत्न कटुवाल बताउछन् । सरकारले सामान्य लगानि गरेर भएपनि नगरपालिका,गाबिस,तथा ठुला वाडहरुमा स्वास्थय सेवा प्रदान गर्ने उदेश्यले इकाइहरुपनि राखेको छ ।तर त्यसको कार्यन्वयन गर्ने निकायहरुले उदेश्य अनुरुप काम नगर्दा सरकारि योजना तथा लगानि बालुवामा पानि हाले सरह भएको छ कटुवालले भने ।सर्बसाधरणले सरकारि स्वास्थ्य केन्द्रमै सेवा नपाउने गरेका समचारहरुपनि बेलाबेला सार्बजनिक हुने गरेका छन् ।‘हामि बिरामि परेर थला पर्दापनि उपचार पाउन सक्दैनौ धरान उप महानगरपालिका वार्ड न २१ ह्र्दियाका धनकुमार राईले सुनाए । नातिनीलाई ज्वरो आएका कारण सिटामोल खुवाउन नपाएपछि आफु २ घण्टा हिडेर बिपी प्रतिष्ठान आएको उनले सुनाए । बिरामी नातिनीलाई लिएर अस्पताल परिषरमा भेटिएका उनले भने ‘ एउटा मेडिकलमा नातीनीलाई देखाको २५ सय रुपैयाला लाग्छ भन्यो,त्यस्तपछि घोपा(प्रतिष्ठान) आए , ३ सय रुपैयाको रगत जाँच भयो ८३ रुपैयाको औषधि लाग्यो । उनको यो भनाईले भनि सरकारी स्वास्थ्य संस्थाको कमजोर उपस्थिती र निजी क्लिनकहरुको लुट स्पस्ट देख्न सकिन्छ । उनको मात्र हैन भर्खरै उपमहानगर पालिका मा गभिएको बिष्णुपादुका गाबिसकी धनु तामाङले पनि स्वास्थय चौकि पुग्न नै एक दिन बिताउनु पर्ने बताउछिन् ।तामाङ भन्छिन् ‘ स्वास्थ्य चौकि गए पनि औषधि छैन घोपा जानु भन्छन हामि जनतालाइ जताबाट पनि सास्ती छ ।’ बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि निम्न बर्गका जनताको लागि निःशुलक स्वास्थ्य सेवा दिने गरेको बताउछ । तर त्यो सेवा प्रतिष्ठानकै कर्मचारिका आफन्तले लिने गरेको समाचारहरुपनि सार्बजनिक हुने गरेको छ । नागरिकले आधारभुत सरकारि स्वास्थ्य सेवा नपाउनु राज्यबाट नै नैसर्गिक अधिकार हनन भएको नागरिक अगुवाहरु बताउछन् । सर्बसाधरणलाइ भनेर राज्यले छु¤एको बजेर दुरुपयोग भइरहेको छ भन्ने यहिबाट प्रष्ट हुन्छ दलित नेता शेरबहादुर परियार भन्छन–सरकारि निकायले नै यसलाइ प्रभाबकारि ढङगले कार्यन्वयन गर्न सकेको छैन ।सरकारले नियुक्ति गरेका कर्मचारिहरुले इमान्दारिताका साथ काम गर्ने हो भने हरेक नागरिकले चाहेको आधारभुत स्वास्थ्य सेवा पाउने सहज ढङगले पाउने उनको बुझाई छ । जिल्ला स्वास्थ्य कार्यलय सुनसरिका प्रमुख डिल्लीरमण अधिकारीले आफुहरुले सरकारी स्वास्थ्य सेवा जनस्तरमा पु¥याउन सक्रियताका साथ काम गरेको बताउछन् । भन्छन् सरकारले प्रत्येक गाबिसमा स्वस्थ्य चौकी राख्ने निर्णय गरेपछि उपस्वास्थ्य चौकिहरुलाई बढोत्तरी गरेर स्वास्थ्य चौकी बनाईएको छ । ‘भौगोलीक दुरीका हिसाबले स्वास्थ्य चौकी आउन नसक्ने हरुका लागि गाउघर क्लिनीकहरु सञ्चालन हुने गरेको छ ,उनले प्रस्ट्याउदै भने १५–१५ दिनमा गाउघर क्लिनक चल्ने गर्छ । स्वास्थ्य स्वयमसेबिकाहरुलाई प्रत्येक महिना आमा समुहको बैठक गर्न लगाउने र के के स्वास्थ्य समस्या छन् त्यसको बारेमा स्वास्थ्य चौकीमा जानकारी गराएर सेवा प्रदान गर्ने हाम्रो प्रकृया छ प्रमुख अधिकारीले भने ‘हाम्रो श्रोत र साधनले भ्याए सम्म सेवा प्रदान गरिरहेकै छौ ।यतिका कार्य हुदाहुदैपनि केहि कर्माचारीको फटाई हुने गरेको उनले स्वीकार गरे । कर्मचारीहरुले पुरा समय काम नगरका गुनासाहरुपनि आउने गरेका छन् त्यस्तो अबस्थामा हामीले तत्काल एक्सन पनि लिएका छौ प्रमुख अधिकारी सुनाउछन् ।सामान्य उपचारका लागि प्रत्येक गाबिसमा प्रयाप्त जनशक्ति बिकाश गर्न सरकार लागि परेको उनले बताए । बिपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान धरानका डेपुटी अस्पताल निर्देशक प्राडा पशुपती चौधरीले प्रतिष्ठानले सामुदायीक स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । प्रतिष्ठानले धेरै सरकारी स्वास्थ्य संस्थालाई निशुल्क चिकित्सक सेवा र बेलाबेलमा निःशुल्क स्वास्थ्य सेवाहरु दिने गरेको उनले बताए । बार्षिक रुपमा झण्डै दुई करोड रुपैया उपचारमा सहयोग गर्ने गरेका छौ चौधरीले भने सकेसम्म हामीपनि सरकारी नितीलाई सफल बनाउन लागि परेकै छौ ।