बलिउडमा रणवीर सिंह र दीपिका पादुकोणको प्रेमको चर्चा सधै हुने गर्दछ । उनीहरुलाई भारतीयसंचार माध्यमले धेरै पटक डेटिङमा पनि देखेको समाचार प्रशारण गर्दै आएका छन् । तर यस विषयमा भने उनीहरु सधै मौन रहने गर्दछन् । उनीहरुलाई बलिउडमा हट कपलको रुपमा लिइन्छ । रणवीरले कलाकारको रुपमा दीपिका निकै राम्रो लाग्ने बताएका छन् । हालैमा एक अन्तर्वार्ताको क्रममा उनले दीपिका आफ्नो जिन्दगीमा आएकोमा आफूलाई भाग्यमानी ठानेको बताए । प्रेम सम्बन्ध र विवाहको विषयमा घुमाउरो जवाफ दिँदै उनले भने, ‘यो आपसी समझदारीको सम्बन्ध हो । म उनलाई एक कलाकारको रुपमा निकै उच्च स्थानमा राख्छु । उनी अद्भुत कलाकार हुन् । उनबाट मैले
बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चनको नयाँ लुक्स कस्तो होला ? धेरैलाई खुल्दुली छ । यसैबिच, सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक भयो, जसमा दुब्लो कायाका एक वृद्धमा अमिताभको झल्को आउँथ्यो । हल्ला चल्यो ‘ठग्स अफ हिन्दुस्तान’ का अमिताभ यिनै हुन् । धेरैले पत्याए पनि । केही दिन पहिले अमिताभ बच्चनले ब्लग लेख्दै आफ्नो स्वास्थ्य स्थिति खराब भएको जानकारी दिएका थिए । उनी चलचित्रको सुटिङ गर्दागर्दै ढलेका पनि थिए । त्यसैले कतिपयले अनुमान लगाए कि अमिताभ निकै दुब्लाएछन् । ‘ठग्स अफ हिन्दुस्तान’मा आमिर खान, कट्रिना कैफ, फातिमा सना शेखलगायतका कलाकार छन् भने निर्देशन विजय कृष्णा आचार्यल
नयाँ दिल्ली/ भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको जादूको विषयलाई लिएर बलिउडमा चर्चा गर्ने गरिएको छ । प्रिया आफ्नो पहिलो फिल्म 'उरू आदर लव'को गीतको एउटा सानो क्लिपबाट रातारात चर्चित बन्न पुगिन् । दिल्लीबाट प्रकाशित हुने मेनस्ट्रिम मिडियामात्रै होईन कि नेपाल भारत र पाकिस्तानका सामाजिक सञ्जालमा समेत प्रियाको आँखाको जादूको चर्चा चलिरहेको छ । नेपालमा त प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा र पूर्व प्रधानमन्त्री प्रचण्डको फोटोसँग जोडेर अनेकानेक हास्यव्यंग्यात्मक भिडियो समेत
मुम्बई/ भारतका चर्चित गायक दलेर मेहन्दीलाई २ वर्षको जेल सजाय भएको छ। मानव बेचविखनको अभियोगमा दोषी ठहर गर्दै पञ्जाबको स्थानीय पटियाल अदालतले २ वर्ष कैद सजाय सुनाएको हो। दलेरविरुद्ध केही मानिसलाई अवैध रुपमा विदेश पठाएको भन्दै सन् २००३ मा मुद्दा दर्ता भएको थियो। अदालतको फैसलापछि प्रहरीले दलेरलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको छ। २००३ मा दलेरका दाई शम्शेर मेहन्दीविरुद्ध मुद्दा दर्ता भएको थियो। सोधपुछका क्रममा दलेरको संलग्नता देखिएपछि उनी फन्दामा परेका हुन्। दलेरमाथि विभिन्न कार्यक्रमका लागि विदेश जाने क्रममा अन्य मानिसलाई अवैध रुपमा मोटो रकम लिएर विदेश लैजाने गरेको आरोप छ।
बलिवुड तथा हलिवुड चलचित्रका अभिनेता इरफान खानले आफ्नो रोगका बारेमा बताएका छन् । गएको दुई हप्ताअघि आफूलाई ‘दुर्लभ रोग’ लागेका बताएका इरफानले शुक्रबार आफूलाई दुर्लभ ट्युमर भएको बताएका हुन् । उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको हो । तर यसपटक उनले त्यसको अवस्था कस्तो रहेको बताएका छैनन् । उनले ट्वीट गरे ट्युमरका बारेमा जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जीवनमा आउने अनपेक्षित बदलावले अघि बढ्न सिकाउँछ । मलाई अहिले न्युरोएन्डोक्राइन ट्युमर रहेको थाहा भएको छ ।’ उनले आफ्ना फ्यानलाई पिर गर्न भन्दा पनि आफ्ना लागि स्वास्थ्यको कामना गर्न आग्रह गरेका छन् । ५१ वर्षका खानले १०० भन्दा बढी चलचित्रमा
नयाँ दिल्ली / गायक उदित नारायण झाका छोरा आदित्य नारायणको कार गत मंगलबार दुर्घटनामा परेपछि उनले अटो रिक्सावालासँग माफी मागेका छन्। आदित्यको मर्सिडिज बेन्ज कारले अटो रिक्सालाई ठक्कर दिएको थियो। दुर्घटनामा दुई जना घाइते भएका थिए। ‘मलाई अटो सुस्त गतिमा आउन भन्ने लागेको थियो। तर अटोले स्पिड घटाएन र दायाँ मोडियो’ आदित्यले भने, ‘मैले अटो बचाउन गाडी बायाँ मोडे। बायाँ मोड्दा मेरो गाडीले अर्को अटोसँग ठोक्किन गयो।' उनले दुर्घटनापछि मद्दत गर्न वरपरका कोही नआएको र अर्को अटो चालकले दुई जना घाइतेलाई अस्पताल लगेको बताए। परिवारसहित अस्पताल पुगेका आदित्यले घाइतेहरुको सबै उपचार खर्च बेहोर्ने बताएका छन्। ‘दुर्घ
नयाँ दिल्ली/ बलिउड मेगास्टार अमिताभ बच्चनले प्रशंसकहरुलाई आफ्नो स्वास्थ्यबारेको जानकारी कविता मार्फत दिएका छन्। राजस्थानको जोधपुरमा सुटिङमा व्यस्त भइरहेको समयमा अमिताभको स्वास्थ्यमा समस्या आएको थियो। उपचारका लागि चिकित्सकहरुको टिम जोधपुर नै पुगेको थियो। अमिताभले ट्विट गर्दै बिरामी हुँदा शुभेच्छुक र आफन्तजनको माया थाहा पाएको उल्लेख गरेका छन्। उनले कवितात्मक शैलीमा चिकित्सकलाई बोलाएर स्वास्थ्य लाभ गरेको र बिरामी भएको बहानामा आफ्नाहरुलाई चिन्न पाएको भन्दै तमाम शुभेच्छुकहरुलाई हार्दिकता व्यक्त गरेका छन्। भारतका सुप्रसिद्ध कवि हरिवंश राय बच्चनका छोरा अमिताभले गत फेब्रुअरीमा पनि काव्यात्मक भावमा प्
एजेन्सी/बलिउड अभिनेत्री आलिया भट्ट आजबाट २५ वर्ष लागेकी छन्। चर्चित फिल्म निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदानकी छोरी उनी ६ वर्षकै उमेरमा अभिनयको संसारमा प्रवेश गरेकी थिइन्। हिरोइनका रुपमा बलिउडमा पाइला राखेको छोटै समयमा उनी स्थापित कलाकार बन्न सफल भएकी छन्। आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’बाट अभिनेत्रीको रुपमा बलिउडमा डेब्यू गरेकी हुन्। फिल्म व्यावसायिक रुपमा सफल भएको थियो। यसपछि सन् २०१४ मा उनले इम्तियाज अलीको ‘हाइवे’ फिल्ममा अभिनय गर्ने मौका पाइन्। सोही वर्ष उनको ‘टु स्टेट’ र ‘हम्टी शर्माकी दुल्हनियाँ’ फिल्म रिलिज भए। दुवै फिल्म हिट भए। सन् २०१५ मा अभिनय गरेको 'सानदार' भने बक
पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या रायको माग बलिउडमा अहिले पनि उस्तै छ । तर, पछिल्लो समय उनले फिल्ममा अभिनय गर्ने काम निकै कम गरेकी छिन् । ऐश्वर्यालाई अचेल आफूभन्दा कम उमेरका हिरोसँग अभिनय गरेको देखिन्छ । उनलाई अहिले पनि ग्ल्यामरस भूमिकाकै लागि निर्माता, निर्देशकले अफर गर्ने गरेका छन् । गत वर्ष ऐश्वर्या आफूभन्दा कम उमरेका रणवीर सिंहका साथ ए दिल है मुस्किल फिल्ममा रोमान्टिक भूमिकामा देखिएकी थिइन् । पछि, उनले फन्ने खाँ फिल्ममा अर्का कान्छा हिरो राजकुमार रावसँग अभिनय गरेको खबर आएको छ । अब भने ऐश्वर्या आफूभन्दा कान्छा दुई हिरोसँग रोमान्स गर्न तयार भएको भारतीय अनलाइनले उल्लेख गरेका छन् । झन्
काठमाडौं/ स्वास्थ्यमा समस्या आएपछि चर्चित गायक उदितनारायण झा अस्पताल भर्ना भएका छन् । पछिल्लो समय उदितको स्वास्थ्यमा समस्या देखिइरहेको छ । ६२ वर्षीय उदित युरिन इन्फेक्सन र डाइबिटिजबाट पीडित भएकाले उपचारका लागि मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत महिना मात्रै रगतमा ग्लुकोजलको मात्रा एकाएक बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । डाइबिटिजका साथै उनी हाई ब्लडप्रेसरबाट समेत पीडित छन् । जसकारण युरिन एन्फेक्सन भएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved