हजार करोडमा ‘महाभारत’ बनाउँदै आमिर

alt
  • चैत्र १०, २०७४
  • ब्लाष्ट खबर

बलिउड सुपरस्टार आमिर खान अचेल आफ्नो नयाँ फिल्म 'ठग्स अफ हिन्दोस्तान' को सुटिङमा व्यस्त छन् । यसपछि उनको हातमा अर्को एक फिल्म छ ।  यो फिल्म बलिउड इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो फिल्म हुनेछ, जसमा आमिर लिड रोलमा हुनेछन्

फिल्म भारतको सबैभन्दा महान ग्रन्थ 'महाभारत' मा बन्नेछ र मेगा बजेटमा निर्माण हुनेछ । ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका छन् । फिल्मलाई रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीले को-प्रोड्यूस गर्नेछन् ।

उक्त फिल्मको बजेट हजार करोडभन्दा बढी हुने बताइएको छ । रमेशका अनुसार, 'महाभारत' को यो सिरिज ठिक त्यही रुपमा हुनेछ, जस्तो कि हलिउडको 'लर्ड्स अफ द रिंग्स' र 'गेम्स अफ थ्रोन्स' को सिरिज हो ।

आमिर खानले एक अन्तर्वार्ताको क्रममा 'महाभारत' जस्तो विग प्रोजेक्ट गर्ने आफ्नो सपना रहेको बताएका छन् । उनी भन्छन्, 'यसका लागि मैले करिअरको कम्तीमा पनि १५-२० वर्ष दिनु पर्छ । मलाई मन पर्ने क्यारेक्टर कर्ण हो तर, मलाई थाहा छैन कि यो भूमिकाका लागि म योग्य छु वा छैन ।'

संखुवासभामा देखियो द ...

संखुवासभा । संखुवासभामा पहिलो पटक दुई जनामा कोरोना देखि ...

रुकुम घटनाः दोषीमाथि ...

पथरी । रुकुम पश्चिमको चौरजहारीमा भएको नवराज विक सहित ३ ...

सिरहामा कोरोना संक्र ...

सिरहा । सिरहामा कोरोना संक्रमितको संख्या २५ जना पुगेका ...

धरान–१८ मा भेटिएको प ...

धरान । धरान–१८ मा प्लाष्टिकको चामल भेटिएको भन्ने ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved