काठमाडौं/एक समय यस्तो पनि थियो, जब बलिउड म्यूजिक इन्डस्ट्री केही चल्तीका गायक–गायिकामा निर्भर थियो । यी तीनै गायक–गायिक हुन्, जो फिल्ममा एक्टर्सको आवज बन्थे । उनीहरूले गाएका गीत आज पनि हामी सुन्छौं र गुनगुनाउँछौं । उनीहरूले आफ्नो आवाजका माध्यमबाट फिल्ममा संगीतको रंग बदले ।

बलिउडमा जब यीनीहरूको आवजको जादु, त्यो बेला पनि थियो र अहिलेसम्म पनि कायम छ । आज पनि उनीहरूको मधुर आवज हामीलाई मनोरन्जित गर्छ । उनीहरू मध्ये केहीले आफ्नो आवाजको जादु केही भाषामा गाएर चलाएका छन् । तर अहिले भने नयाँ प्रतिभा आइरहेका छन् । जसका कारण यी हस्तिहरू काम बिहिन झै बनेका छन् ।

हेर्नुहोस् सूचीः

१. अभिजित

चर्चित गायक अभिजित अहिले काम बिहिन छन् । विवादित बयानका कारण उनी इन्डस्ट्रीबाट बाहिर छन् ।

२. सुदेश भोसले

‘जुम्मा चुम्मा दे दे’ जस्ता चर्चित गीत गाएका उनको नयाँ गीत लामो समय देखि आएको छैन ।

३. अभिजित सावन्त

इन्डियन आइल विजेता अभिजितसँग अहिले कुनै काम छैन ।

४. आदित्य नारायण

आदित्य आफ्नो गीतले भन्दा एयरपोर्टमा भएको विवादका कारण बढी चर्चित भएका छन् ।

५. अनुराधा पौडवाल

अनुराधा लामो समय देखि गायब छिन् ।

६. बाबुल सुप्रियो

बीजेपी सरकारमा राज्यमन्त्री बनेपछि उनले गाउन छोडे ।

७. जसविन्दर नरूला

उनका नयाँ गीत नआएको लामो समय भयो ।

८. कुमार सानु

सबैभन्दा चिर्चित गायक कुमार सानु पहिले जस्तो व्यस्त छैनन् ।

९. कुणाल गाजावाला

‘भिगे होठ तेरे’ जस्ता गीत गाएर चर्चित बनेका उनी अहिले गुमानाम छन् ।

१०. कविता कृष्णमूर्ती

उनको पछिल्लो गीत २०१५ मा आएको थियो ।

११. साधना सरगम

अहिले उनी काम विहिन छिन् । उनको मधुर आवज आज पनि मानिसहरूले याद गर्छन् ।

१२. शान

अर्का चर्चित गायक शान पनि काम विहिन छन् । उनी आफैंले गीतको अफर आउन छोडेको स्विकार गरेका छन् ।

१३.अलका याज्ञनिक

अलकाको आवज आज पनि सायदै कसैले भुलेको होला । तर अहिले उनलाई गीतकोे अफर आउन छोडेको छ ।

१४. उदित नारायण

उदित नारायण पनि आज भोली काम विहिन छन् ।

१५. विनोद राठोर

उनका गीत नआएको लामो समय भइसकेको छ ।

एजेन्सी